काठमाडौँ(जस)–नेपाली रास्ट्रीय टोलीका कुराश खेलाडी कृति शर्माले थाइल्यान्डको पटायामा जारी छैटौं एसियन यू २० जुनियर कुराँश च्याम्पियनसिपमा कास्य पदक जितेकी छिन् ।महिला ५७ केजी तौल समूहको सेमिफाइनलमा बुधबार उज्वेकिस्तानकी खेलाडीसँग पराजित भएपछि कृतिले कास्य पदक प्राप्त गरेकी हुन।नेपाल कुराश सघका प्रमुख प्रशिक्षक प्रताप घिसिङका अनुसार तौल समूहमा ८ देशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितमा भाग लिएका अन्य दुई पुरुष खेलाडी विपल तुलाधर ले ५५ केजी र शेरबहादुर घर्तीमगरले ६० केजी तौल समूहमा बिहीबार प्रतिस्पर्धा गर्नेछन् ।

सोही टिमको नेतृत्व पनि प्रमुख प्रशिक्षक घिसिङले लिएका छ्न। स्थापना देखि नै निकै सक्रिय रहेकी कुराश खेलाडी कृति रास्ट्रीय च्याम्पियन हुन ।यस अगी दक्षिण कोरियामा भएको बिच अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा भाग लिइसकेकी निकै अनुभबी खेलाडी हुन। जारी एसियन यू २० जुनियर कुराँश च्याम्पियनसिपमा नेपालका ३ खेलाडी , १प्रशिक्षक र दुई पदाधिकारी गरि ६ जनाले भाग लिइरहेका छन् ।





