मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

कोपामा चिलीको विजयी सुरुवात, जापानमाथि सहज जित

मंगलबार, असार ३ २०७६

काठमाडौँ । कोपा अमेरिका अन्तर्गत चिलीले जापानमाथि सहज जित हासिल गरेको छ । मंगलबार बिहान सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन चिलीले ४-० गोल अन्तरले पराजित गरेको हो ।

चिलीको जितका लागि एडुआर्ड़ो भर्गासले दुई गोल गरे भने इरिक पल्गार र एलेक्सिस सान्चेजले एक एक गोल गरेका थिए ।

पहिलो हाफमा एक गोल खाएको जापानले दोस्रो हाफमा तीन गोल खाएको थियो ।

कोपा अन्तर्गत अब अर्को खेल बोलिभिया र पेरु तथा ब्राजिल र भेनेजुएलाबीच हुदै छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार