मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिपमा गजेन्द्र र पेम्बा च्याम्पियन

आइतबार, असार १ २०७६

काठमाडौंं । गजेन्द्र बर्देवा र पेम्बा श्रेष्ठ तेस्रो राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिपमा च्याम्पियन भएका छन् । नेपाल स्केटिङ एन्ड स्केट बोर्डिङ संघको आयोजनामा शनिबार नयाँ बजारस्थित केटिएम स्केटिङ पार्कमा सम्पन्न च्याम्पियनसिपको फ्रिस्टायल विधामा पुरुषतर्पm गजेन्द्र र महिलामा पेम्बा च्याम्पियन भएका हुन् । ओलम्पिक डेको अवसरमा आयोजित च्याम्पियनसिपमा गजेन्द्रले ७९ स्कोर ल्याउँदा आफ्नो निकटम् प्रतिद्वन्द्वी धिरज परियारलाई ८ अंकले पछि पारेका थिए ।
त्यस्तै तेस्रो भएका समिर विल्सनले ७१.७ स्कोर ल्याएका थिए । शीर्ष तीनले क्रमशः ५ हजार, २५ सय र १५ सय रुपैयाँ प्राप्त गरे । महिलातर्पm पेम्बा श्रेष्ठले १८ स्कोर ल्याउँदा च्याम्पियनका रूपमा उभ्याइन् । दोस्रो स्थानमा सीमित लोरिन राईले १४.५ स्कोर ल्याइन् । सलिना राई तेस्रो हुँदा ९.५ स्कोर ल्याएकी थिइन् । दुईदिन सम्म सञ्चालन भएको च्याम्पियनसिपमा शुक्रबार छनोट चरणका खेल भएका थिए । अन्तिम दिन भने छनोट चरण पार गरेर महिलातर्पm ५ र पुरुषतर्पm १६ खेलाडीले फाइनलमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताका विजेतालाई नेपाल स्केटिङ एन्ड स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनालले पुरस्कृत गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार