काठमाडौं(जस)–आयोजक ज्ञानोदय स्कुल र ईनोभेटिभ स्कुलले ओलम्पिक डे का अवसरमा आयोजना गरिएको अन्तरस्कुल बास्केटबलमा विजयी सुरुवात गरेका छन् । ज्ञानोदय स्कुलमा आईतबार भएको प्रतिस्पर्धामा आयोजकले एसिई स्कुललाई १०–२ अंकले पराजित ग¥यो । ज्ञानोदयका लागि सूर्याले ६ अंकको योगदान गरे । यस्तै ईनोभेटिभले एलए स्कुललाई २७ – १० अंकले पराजित ग¥यो । विजेताका लागि दर्पणले ९ अंक जोडे ।