आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

५४ किलो अवैध गाँजासहित दुई पक्राउ

शनिबार, जेष्ठ ३२ २०७६

मकवानपुर / मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित पुर्व पश्चिम लोक मार्गमा प्रहरीले ५४ किलो अवैध लागूऔषध गाँजा सहित शुक्रबार दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ट्रक चालक बारा सिमरा उपमहानगरपालिका–२ बस्ने २८ वर्षीय रोहित श्रेष्ठ र भारत रक्सौल बस्ने ४४ वर्षीय संजय महतो रहेको प्रहरीले जनाएको छ ।

हेटौडाबाट पथलैया तर्फ जाँदै गरेको ना ३ ख ५३४० को ट्रकको अगाडि पट्टिको सिलिङमा फल्स बटम बनाई दुई वटा बोरा भित्र २७ वटा प्लास्टिकले बेरीएको पोकामा लुकाई छिपाई ल्याएको ५४ किलो लागु औषध गाँजा फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार