बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सरकारको नेतृत्व परिवर्तनको निर्णय पार्टीले गर्छ : ओली

मंगलबार, जेष्ठ २८ २०७६

काठमाडौं । युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व परिवर्तनबारे मुख खोलेका छन् । उनले सरकारको नेतृत्व परिवर्तन पार्टीको निर्णयले मात्रै हुने बताएका छन् ।

सोमबार बेलुका ब्रिटेनको प्रतिष्ठित अक्स्फोर्ड विश्वविद्यालयस्थित विद्यार्थी युनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले पार्टीले निर्णय गरेअनुसार नै सरकारको नेतृत्व परिवर्तन हुने बताएका हुन् । पार्टी एकता गर्दा शीर्ष नेताबीच भएको सहमति अनुसार आलोपालो हुने बारे सोधिएको प्रश्नमा ओलीले दलले गरेको निर्णय नै अन्तिम हुने जनाउ दिएका हुन् ।

केहि समयअघि नेकपा कै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता गर्दा भएको सहमति अनुसार साढे दुई वर्षमा आफुले सरकारको नेतृत्व गर्ने बताएका थिए । शीर्ष नेताबीच भएको सहमतिबारे अहिले सत्तारुढ नेकपामा बहस चुलिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार