आर.एन. पटेल
रौतहट,२३ जेष्ठ – रौतहटको गौर नगरपालिका वडा नं.१ स्थित भन्सार सुरक्षा जाँच नाकाबाट चेलीबेटी बेचबिखन गर्न एक युवतीलाई लैजाँदै गरेको आरोपमा दुई महिला पक्राउ परेका छन् ।
माईती नेपाल संस्थाबाट खटिएका टोलीले भन्सार सुरक्षा जाँच हुने ठाँउमा नेपालबाट भारत तर्फ शंकास्पद रुपमा जान लागेकी महिलालाई रोकी चेक जाँच, सोधपुछ गर्दा गौर घर भएकी वर्ष १९ की किशोरीलाई बिभिन्न प्रकारको ललाई फकाई प्रलोभन देखाई मानव बेचबिखन तथा ओसार पसार गर्ने उदेश्यले जिल्ला डडेलधुरा आलीटार नगरपालिका वडा नं.४ बस्ने बर्ष ४२ की दुर्गा देवी बोहरा र रौतहट जिल्ला दुर्गा भगवती गाँउपालिका वडा नं.७ गंगापिपराकी ५० बर्षीय पार्वती देवी समेत महिलाहरुले नेपालबाट भारत राज्यमा प्रवेश गर्ने क्रममा दुबै जनालाई प्रहरीले बुधबार पक्राउ गरी बिहीबार दिउसो सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविन कार्कीका अनुसार पक्राउ पर्ने दुबै महिलालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दा अन्तर्गत अनुसन्धान भइरहेको बताए।