शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सव सम्पन्न

सोमबार, जेष्ठ २७ २०७६

लिम्बु भाषाको ‘के च्याब्रुङ’चलचित्र उत्कृष्ट
काठमाडौं(जस–नेपाल आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा राष्ट्रिय सभागृह सम्पन्न तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सव २०७६ लिम्बु भाषाको फिल्म के च्याब्रुङ उत्कृष्ट फिल्म साबित भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको प्रमुख आतिथ्यतामा सोमबार भएको समापन समारोहमा गुरुङ फिल्म म्ले क्यु का जसमाया गुरुङ यात उत्कृष्ट निर्देशक, गुरुङ फिल्म ’रिजेनासा’का बलबहादुर गुरुङ उत्कृष्ट पुरुष कलाकार र मगरभाषाको खुर्पेटोबाट बिना थापा मगर उत्कृष्ट महिला कलाकार र राई भाषाको यारी फिल्मका युवराज बीरबहादुर राईलाई उत्कृष्ट छायाकारको पुरस्कार प्रदान गरिएको हो ।
त्यसैगरी गुरुङ भाषाको रिजेनासा फिल्म दर्शकबाट पाएको ४०१ सदर मत बाट तीस हजार नगद सहित पब्लिक च्वाइस अवार्ड जित्न सफल भएको हो । महासंघका अध्यक्ष अमृत सुनुवारया सभापतित्वमा सम्पन्न आजको समारोहमा बेस्ट शर्ट फिल्म राजवंशी भाषाको पुल्टी र बेस्ट डकुमेन्ट्री सुनुवारभाषाको छेककगु ले प्राप्त गरेको छ । महोत्सवमा पुरस्कार निर्णय गर्न आदिवासी जनजाति मातृभाषाका प्रथम सिनेपत्रकार विजयरत्न असंबरे तुलाधर, नेपालको पहिलो महिला सिनेमाटोग्राफर शबनम मुखिया र आदिवासी कलाकर्मी राज थापा रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार