काठमाडौँ(जस)– पछिल्लो समय निकै चलेकी तथा व्यस्त गायिका मध्येकी एक हुन् मेलिना राई । उनको स्वरमा रहेका गीतहरु एकपछि अर्काे सार्वजनिक भइरहेका छन् । सार्वजनिक अधिकांश गीतहरुले दर्शक र स्रोताहरुको मन जित्न सफल भएका छन् । यसैक्रममा उनका पिरतीमा कर’ले चर्चा पाइरहेको छ ।
सो गीतमा मेलिना र गायक विवश बस्नेतको स्वर रहेको छ भने कुमार कार्कीको शब्द सृजना र संगीत रहेको छ । शिवन पोखरेलले निर्देशन गरेको सो गीतको भिडियोमा युविन ढुंगाना र अफ्सना थापाको अभिनय रहेको छ ।