आर.एन.पटेल
रौतहट, जेष्ठ २२ -रौतहट जिल्लाको कटहरीया नगरपालिका अन्तर्गत कटहरीया बजारबाट नक्कली नेपाली नोट सहित दुई जना युवक पक्राउ परेका छन ।
कटहरीया बजारबाट गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले दुई जना व्यक्तिलाई पौकेट तलासी गर्दा उक्त नक्कली नोट बरामद भएको छ । प्रहरीले पौकेट तलासी गर्दा १ हजारको २०० थान नक्कली नोट बरामद गरेको थियो ।
पक्राउ पर्नेमा कटहरीया नगरपालिका वडा नम्बर ७ निवासी जियालाल महतो र मौलापुर नगरपालिका वडा नम्बर ७ निवासी बिहारी साह रहेका छन् । पक्राउ परेका दुबै जना लाई इलाका प्रहरी कार्यालय गरुडामा राखी थप अनुशन्धान भइरहेकोे ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक अनमोल खडकाले बताए ।