काठमाडौं, २२ जेठ । नेपालका जगद्गुरु महयोगी सिद्दबाबा कृष्णदासजी महाराजज्यूको प्रत्यक्ष उपस्थितिमा अष्ट्रेलियामा दोस्रो पटक सामुहिक ब्रतबन्ध,गुन्यु चोली तथा भागवत सप्ताह हुन लागेको हो ।पटक पटक जमिनमुनि ९ दिनसम्म बिना अक्सिजन भु-समाधि लिएर विश्वलाइ नै आश्चार्यचकित बनाएका जगद्गुरु कृष्णदास नेप्लीज हन्दु समाज अस्ट्रेलियाको विशेष अग्रहमा यहाँ आउन लागेका हुन । नेप्लीज हिन्दु समाजले अस्ट्रेलियाको सिड्नीमा एकसाथ गर्न लागेको पाँचवटा कार्यक्रमको प्रमुख आकर्षण जगद्गुरु हुने आयोजक संस्थाका कोषाध्यक्ष पन्डित प्रकाश ढोडारीले जनाएका छन ।
नेप्लीज हन्दु समाज अस्ट्रेलियाले आगामी जुलाइ ८ देखि १४ सम्म सिद्दमहायोग ध्यान साधना, श्रीमदभागवत ज्ञानमहायज्ञ, पितृमोक्ष यज्ञ, बटुकहरुको सामुहिक ब्रतबन्ध र कन्याहरुलाइ सामुहिक गुन्यु चोली प्रदान गर्ने कार्यक्रम गर्न लागेको पन्डित ढोडारीले जनाए । सिद्दमहायोग ध्यान साधना जगद्गुरु स्वयं र वाहासंग आउने सिद्दमहायोग आध्यात्मिक प्रतिष्ठानको समुहले संचालन गर्नेछ भने श्रीमदभागवत ज्ञानमहायज्ञ बाचनको लागि नेपालका चर्चित युवा वाचक पन्डित कुबेर सुबेदी आँउदैछन जस्ले यसभन्दा अगाडि पनि अस्ट्रेलियामा पुराण बाचन गरिसकेका छन ।
पन्डित ढोडारीका अनुसार जुलाइ १३ मा कन्याहरुलाइ सामुहिक गुन्युचोली प्रदान गरिने कार्यक्रम राखिएको छ । सोही दिन पितृमोक्ष यज्ञको पनि आयोजना हुनेछ । उनका अनुसार कन्याहरुलाइ सामुहिक गुन्युचोली प्रदान गरिने कार्यक्रम एबम् पितृमोक्ष यज्ञ अस्ट्रेलियामै पहिलो पटक हुन लागेको हो ।
जुलाइ १४ मा श्रीमदभागवत ज्ञानमहायज्ञको साँगे हुनका साथै बटुकहरुको सामुहिक ब्रतबन्धको कार्यक्रम पनि आयेजना हुनेछ । कार्यक्रमको समापन जगद्गुरुबाट हुने जनाइएको छ । आयोजकले अस्ट्रेलियाभर रहेका हिन्दु अनुयायीहरुलाइ बिरलै हुने सो कार्यक्रममा उपश्थित हुन आग्रह गरीएको जनाएका छन् । कन्याहरुलाइ सामुहिक गुन्युचोली प्रदान र बटुकहरुको सामुहिक ब्रतबन्ध कार्यक्रममा सिट सिमित भएकोले समयमै आफ्नो नाम दर्ता गर्नुपर्ने आयोजक संस्थाकी अध्यक्ष प्रन्चना शर्माले जनाइन् ।