काठमाडौं (जस)–‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१९’का प्रतियोगीले प्रतिभा देखाएका छन् । ट्यालेन्ट उपाधिका लागि उनीहरुले नृत्य, गायन, व्यक्तित्वकला, नाटक र चित्रकला लगायत विषयमा आफुमा रहेको प्रतिभा देखाएका हुन् । ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट आयोजक रहेको प्रतियोगिताको ‘मिस एसईई ग्ल्याम’तर्फ स्मृति अमात्य, स्वस्तिका खड्का, कृपा ढकाल, अन्जाना रावल, स्मृति पौडेल, रचना श्रेष्ठ, शर्मिला कार्की, रेनि गुरुङ, ऐश्वर्या तान्डुकार, वर्षा बोहोरा, दिलाशा मगर, मेंखु शेपा, श्रृष्टि कला राई, सुष्मिता रानाभाट, शुभेक्षा वाग्ले नामका १५ र ‘मिस्टर एसईई ग्ल्याम’मा प्रतिक केसी, साईमन तमाङ, शिल्भा भट्टराई, अनित राई, कमल श्रेष्ठ, सिमोन तामाङ नामका ५ प्रतियोगी छन् ।
जोरपाटीस्थित नामी कलेजमा मंगलबार आयोजित ट्यालेन्ट राउण्डमा शिक्षक तथा पत्रकार सरोज प्याकुरेल, ‘मिसेस नेपाल ग्ल्याम २०१८’ एलिजा महर्जन, ‘मिसेस नेपाल टुरिजम २०१’ छिरिङ डोल्मा शेर्पा र दिवस धिताल मोडल अभिनेता लगायत निर्णायक रहेका थिए । प्रशिक्षका क्रममा प्रतियोगिले मोटिवेशनल, सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण लिइरहेका छन् ।
आश्विनी झा कोरियोग्राफर रहेको प्रतियोगिताको इभेन्ट म्यानेजर आकास गिरी हुन् । एसईई दिएर बसेका छात्र तथा छात्राहरुको प्रतिभा निखार्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको ग्ल्याम वल्र्डकी सिइयो प्रिती कार्कीले जानकारी दिइन् । प्रतियोगिताको अन्तिम स्पर्धा यही ३० गते जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हँुदैछ ।