काठमाडौं, २१ जेठ । मलेसियास्थित नेपाली दूतावासले पेनाङ्ग राज्यमा मा श्रमिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा कामदारका हकअधिकार, समस्या पर्दा अपनाउनु पर्ने विधि, दूतावासका सेवाहरु आदिका बारेमा जानकारी दिइने बताइएृको छ । आगामी जुन ९ तारिख अर्थात यही जेठ २६ गते आइतबारका दिन पेनाङ्ग राज्य को बुकित मिर्ताजाम कार्यक्रम हुनेछ । कार्यक्रममा मलेसियाका लागि महामहिम राजदुत उदयराज पाण्डेको प्रत्यक्ष उपस्थिति उपस्थिति रहने बताइएको छ । कार्यक्रम मलेसियाको सो क्षेत्रमा रहेका नेपाली श्रमिकहरु संग प्रत्यक्ष अन्तरक्रिया गरि ट्राभलल डकुमेन्ट इस्यु र पासपोर्ट आवेदन गर्न सहज बनाउने हेतुले कार्यक्रम आयोजना गरेको जानकारी जनउद्धार केन्द्र मलेसियाले जनाएको छ ।
केन्द्रले कार्यक्रममा उपस्थित हुन सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीलाई अनुरोध गर्दै उक्त दिन बिहान १० बजे बिएम को देवान हल मा उपस्थिति भै कार्यक्रम सफल पारिदिन अनुरोध गरेको छ । “जनउद्धार केन्द्र” मलेसियाले दूतावासले उक्त दिन उपस्थित सबैलाई खानाको व्यवसथासमेत गरेको जानकारी गराएको छ । मलेसियास्थित नेपाली राजदूतावास मलेसियाले मलेसियाको राजधानी क्वालालाम्पुर भन्दा टाढा रहेका नेपाली कामदारहरुलाई लक्षित गर्दै ती क्षेत्रहरुमा रहेका नेपालीकामदारहरु लाई राजदूतावासले प्रदान गर्दै आएको सेवा सुबिधाबारे जानकारी दिन तथा ती क्षेत्रमा भएका श्रमिकहरुका गुनासो सम्बोधन गर्ने उद्देश्यले कन्सुलर सेवाको आयोजना गर्दै आइरहेको छ ।
राजदूताबासले गत चैत्र २२ गते एक सुचना जारी गर्दै कार्यक्रमहरु हुने स्थानहरु मिति र शिविरबाट लिनसक्ने सेवा सुबिधाबारे जानकारी गराएको थियो । सूचनामा उल्लेखित गराए अनुसार शिविरमा राहदानी आवेदन संकलन, राहदानी जारी, यात्रा अनुमतिपत्र जारी, प्रमाणिकरण, श्रमिक सचेतना, श्रमिक गुनासो सुन्ने काम हुने छन्। दूतावास स्रोतका नुसार गत चैत्र ३० बाट आगामी बैशाख २९ गतेसम्म सम्पन्न भएका र हुने कार्यक्रमबाट समस्यामा नेपाली कामदार रहेको खुल्दै आएको र तिनको दीर्घकालीन समाधानको खोजीमा दूतावास लागि परिरहेको छ ।
