शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

‘सोच’को फस्र्टलुक सार्वजनिक

सोमबार, जेष्ठ २० २०७६

काठमाडौं(जस)–एक्शन लभस्टोरी विषयमा निर्माण भएको फिल्म सोचको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पुजन सिंह (प्रभाकर प्रकाश) को कथा र निर्देशन रहेको फिल्मको फष्टलुकमा अभिनेताद्धय प्रज्वल गिरी, पुजन सिंह र अभिनेत्री नीता ढुंगाना देखिएका छन् । २० भदौबाट प्रदर्शनमा आउने फिल्ममा प्रज्वल, नीता, पुजनका साथमा बिशाल पहाडी, सोनीका, किरण थापा, रितेश श्रेष्ठ, उत्तम केसी लगायतका कलाकारले अभिनय रहेको छ ।
सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्माण भएको फिल्मको गंगा रजक प्रकाश र एस.डी निर्माता रहेका छन् । कृष्ण आचार्यको पटकथा, सम्वाद रहेका सोचमा एनबी महर्जनको द्धन्द्ध निर्देशन, रामजी लामिछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी र प्रितम पाण्डेको सम्पादन छ । फिल्मले मनोरञ्जनका साथै जीवनोपयोगी सन्देश दिने निर्देशक पुजनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार