मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

नेपाली राजदूतावास ओमानको आयोजनामा श्रमिक सचेतना कार्यक्रम सम्पन्न, समस्या भए दूतावासमा सम्पर्क गर्न आग्रह

सोमबार, जेष्ठ २० २०७६

काठमाडौं(जस)–नेपाली राजदूतावास ओमानको आयोजनामा ओमानमा श्रमिक सचेतना कार्यक्रम आयोजना भएको छ । राजदूतावासका अनुसार ओमानको डोफार प्रदेशको सलालाहामा यही जेठ १४ गते (मे २८ तारिखमा) सचेतना कार्यक्रम सम्पन्न भएको हो । सलालाहास्थित मस्कट इन्टरनेसनल होटलमा आयोजना भएको कार्यक्रममा संघसंस्था तथा सर्वसाधारण नेपालीहरुको उल्लेख्य सहभागिता रहेको थियो । नेपाली श्रमिकहरुको हकहितबारे जानकारी दिने, श्रमिकहरुले भोग्नुपरेको समस्या लगायतका श्रमिकका सुरक्षाका समग्र पक्षमा केन्द्रीत रही छलफल गर्ने उद्धेश्यले आयोजित उक्त कार्यक्रममा उपस्थित श्रमिकहरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई दूतावासद्धारा प्रदान गरिने श्रमसँग सम्वन्धित विषयमा सचेतनामूलक जानकारी प्रदान गरिएको थियो ।

ओमानका लागि नेपाली राजदूतबासकी श्रम सहचारी कृष्णाकुमारी गौलीले गन्तब्य मुलुकमा अपनाउनुपर्ने सामान्य कुराहरु, समस्यामा परेका कामदारहरुको उद्धार प्रक्रिया, श्रमिकका हकहित संरक्षण एव्ं प्रवद्र्धनका लागि गर्दै आएका प्रयासहरु, अंगभंग तथा मृत्यु भएका श्रमिकहरुको लागि दूतावासबाट गरिने कानूनी प्रकृयाहरु, जेल तथा डिटेन्सनमा रहेका नेपालीहरुको अवस्था तथा श्रमिकका सूरक्षाका समग्र पक्षहरुलाई केलाएर प्रस्तुतीकरण दिएकी थिइन । कार्यक्रममा भिसाको अवधि सकिएर वा अन्य कारणले अवैधानिक भएका नेपालीहरुलाई वैधानिक बाटोबाट नेपाल फर्कन, अवैध ढंगले वसोवास नगर्न, आफूले काम गरेको कम्पनी वा स्पोन्सर आफूखुशी छाडी नभाग्न र रोजगारदाताप्रति कुनै गुनासो, शिकायत भएमा दूतावासको सम्पर्कमा आउन नेपाली राजूतावासको तर्फबाट आग्रह गरिएको थियो । नेपाली राजदूतावासमा सम्पर्क गर्नुपरेमा दूतावासको हटलाइन नं. ७१५९२४९०, फेसबुक पेज Embassy of Nepal Muscat र इमेल ठेगाना eonmuscat@gmail सम्पर्क गर्न अनुरोध गरिएको थियो ।

उक्त कार्यक्रममा नेपाली श्रमिकहरुको उल्लेखनीय सहभागिता रहेको थियो । अन्र्तक्रियाको क्रममा सहभागीहरुले वैदेशिक रोजगारीका विविध विषयमा राखेका जिज्ञासा तथा गुनासोहरुलाई दूतावासको तर्फबाट सम्वोधन गरिएको थियो । सहभागीहरुले दूतावासबाट यस्ता सचेतनामूलक कार्यक्रमहरु समय–समयमा गरिदिएमा जनचेतना मात्र बढ्ने नभई कामदाहरुको आत्मविश्वास पनि बढ्ने हुँदा भविष्यमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनसमेत आग्रह गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार