शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

मुलुकको सुरक्षा गर्दै रंगमञ्चको यात्रामा बागचन

आइतबार, जेष्ठ १९ २०७६

काठमडौं(जस)–रुपेश बागचन नेपालको रक्षाका लागि अहोरात्र खटिने एक नेपाली सिपाही हुन् । उनी ०४९ सालमा देशमा जनयुद्ध चर्किरहेको बेलामा सशस्त्र प्रहरीमा भर्ना भएका थिए । ज्यानको बाजी लगाएर सहिद हुने डरलाई थाती राखेर आफू प्रहरी बनेको बताउँछन्, बागचन । उनी भन्छन्, ‘देशमा संकटकाल थियो । सरकार र तत्कालिन माओवादीहरुबीच दिनहुँ भिडन्त भइरहेको थियो । दिनहुँ मान्छे मारिएको घटनाहरु सार्वजनिक भइरहेका थिए ।’ अहिले कुरा गर्दा पनि आङ सिरिङ भएर आउँछ । त्यसबेलाको जनक्रान्ति देखेर मुलुक युद्धमय थियो । युवाहरु ज्यान जोगाउन मुग्लान जाने क्रम बढ्दो थियो । हजारौँ विद्यार्थीहरु विद्यालयबाटै अभियानको नाममा गाउँ डुल्न लगाइन्थ्यो । बचेका विद्यार्थीहरु पनि ज्यान जोगाउन मुग्लान जाने गर्थे ।
मलाई पनि घरकाले मुग्लान जाने सल्लाह नदिएका भने पक्कै होइनन् । दिएका थिए । तर, मेरो रुची नै देशको सुरक्षा गर्ने थियो । अन्ततः मैले घर परिवारको कुरालाई बेवास्ता गर्दै प्रहरी बन्ने निधो गरे । सल्यानको शारदा नगरपालिका–६ को एक दलित परिवारमा जन्मिएका उनी अन्ततः सशस्त्र प्रहरी भएरै छाडे । हाल पनि उनी सशस्त्र प्रहरीमै कार्यरत छन् । जब उनी प्रहरी बने कलाकारिता पेसालाई आफ्नो प्यासनको रुपमा लिन थाले । लामो कसरतपश्चात उनी आखिरीमा कलाकार बने । अहिले उनले करिब ढेडदर्जन बढी भिडियोहरुमा अभिनय गरिसकेका छन् भने एक फिल्म र गीत पनि लेखिसकेका छन् । बाग्चनले ०६२ सालमा पहिलो म्युजिक भिडियो निकालेका थिए । उक्त भिडियो ‘तिम्रो आश’ नामक लोक गीत थियो ।
यसपछि उनले क्रमशः ०६२ मै ‘नारीको सिउँदो खाली छ’ नामको अर्को लोकगीतमा अभिनय गर्ने मौका पाए । यसपछि उनले केही समय नेपाली हास्य टेलिशृंखलामा ‘आलोढोन’ को भूमिका निर्वाह गरे । यस्तै नेपाली चलचित्र ‘वीरंगना’मा प्रहरीको भूमिका निर्वाह गरेका छन् । ०७५ मा ‘सारी झरे झर्ला’ नामक तिज गीतमा अभिनय गरेका छन् । ०७५ कै अन्त्यमा आफ्नै गीत बजारमा ल्याएका छन् । उक्त गीत लोकगीत क्षेत्रमा ख्याति प्राप्त गाएक राजु परियारको स्वरमा सजिएको ‘नसोध मलाई’ नामक लोकगितमा शब्दसमेत लेख्न भ्याए । जुन गीतले बजारमा चर्चा बटुलिरहेको छ । यो गीतका गायक राजु परियारको पुनरागमन भएको गीत पनि हो । कुनै समय नेपाली लोकगीतको बजारमा एकछत्र राज गरेका परियार लामो समय पारिवारिक समस्याका कारण गुमनाम अवस्थामा थिए । अहिले उनको पुनरागमन भएको छ । नेप्को इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा देव तामाङ र साया भण्डारीको अभिनय रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार