शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

सलमानको फिल्म ‘भारत’ विवादमा, उच्च अदालतमा मुद्दा पर्यो

शनिबार, जेष्ठ १८ २०७६

काठमाडौं, १८ जेठ । एजेन्सी । सलमान खानको फिल्म ‘भारत’ रिलिज हुनै लाग्दा विवादमा फसेको छ । आगामी ५ जूनमा रिलिज हुने भनिएको फिल्म नामलाई लिएर मुद्दा परेपछि समस्यामा परेको हो । फिल्मको नामलाई लिएर दिल्ली उच्च अदालतमा रिट दर्ता भएको छ ।

रिट दर्ता गर्नेहरुले ‘भारत’ नामले आममानिसको भावनामा आघात गर्ने तर्क गरेका छन् । एएनआईको एक रिर्पोटका अनुसार रिट दर्ता कर्ताहरुले दिल्ली उच्च अदालतमा सो फिल्मको नाम परिवर्तन गर्न माग गरेका छन् ।

रिटमा सलमानको फिल्म राखिएको नाम अनुचित उपयोगको रोकथाम कानुनअनुसार ‘भारत’ शब्दको प्रयोग हुन नसक्ने बताएका छन् । सो कानुनअनुसार ‘भारत’ शब्दको प्रयोग प्रोफेशनल र कमर्शिल उपयोगका लागि गर्न प्रतिबन्ध छ ।

सेन्सर बोर्डले भने ‘भारत’ नामलाई स्वीकृति दिंदै यु.ए. सर्टिफिकेट पनि दिईसकेको छ । यसको साथ सेन्सर बोर्डले कुनैपनि क्लिप नकाटी फिल्मलाई पास पनि गरेको छ । तर मुद्दा परेसँगै फिल्ममै बदलाव हुन सक्ने बताइएको छ । यो नाम धेरै चर्चित भइसकेको छ । सामाजिक सञ्जालमा यो नाम ट्रेण्डिङमा परेको छ ।

फिल्म इदको समयमा रिलिज हुने तयारीमा छ । यस फिल्ममा सलमान खानको साथ कटरिना कैफि मुख्य भूमिकामा छन् । सलमानको कटरिनासँगको यो छैंठौ फिल्म हो । दर्शकहरुले फिल्मको जोडीले धेरै रुचाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार