बुटवल, १६ जेठ । नवलपुरको देवचुलीमा आज दिउँसो बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको भने २१ जना भन्दा बढी घाईते भएका छन् ।
दुर्घटनामा परि गम्भिर घाइते भएर पुरानो मेडिकल कलेज भरतपुर पु¥याईएका २ जना महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले बताएको छ । मृतकहरुको सनाखत भएको छैन ।
देवचुली नगरपालिकाको राजमार्गमा पर्ने हमालचोक नजिकै ना ४ ख ५२९५ नम्बरको बसर र ना २ ख ४८९० नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए । प्रहरीका अनुसार चितवन मेडिकल कलेजमा ७ जना र मनकामना अस्पतालमा १३ जनाको उपचार भइरहेको छ ।