शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

कतार भिसा सेन्टर(क्युभिसि)आजवाट नेपालमा, अब कतार जाने नेपाली समस्यामा नपर्ने

बुधबार, जेष्ठ १५ २०७६

काठमाडौ(जस) – वैदेशिक रोजगारीका लागी कतार जाने नेपाली कामदारका लागि काठमाडौंको महाराजगंजमा स्थापना गरिएको कतार भिसा सेन्टर (क्युभिसि) को आज एक बिशेष कार्यक्रमका बीच औपचारिक रुपमा उदघाटन गरिने भएको छ । कतार भिसा सेन्टर(क्युभिसि)को आज एक औपचारिक कार्यक्रमकाबीच नेपाल सरकारका प्रतिनिधि र कतार सरकारको प्रतिनिधिको रोहवरमा उदघाटन गरिने जनाईएको छ ।

क्युभिसिले बैदेशिक रोजगारीका लागि कतार जाने नेपाली कामदारको भिसा , स्वास्थ्य परीक्षण र कामदारको औंठा छाप लिने छ भने क्युभिसिमै कामदारले करारपत्रमा हस्ताक्षर पनि गर्नेछन भने कागजपत्र स्क्यानिङ, मेडिकल, बिमा र भिसा प्रोसेसिङका सबै कामहरु पनि सेन्टरमा नै हुनेछ । पहिला कतारमा गरिने यि काम नेपालमै सबै हुने भएपछि कामदार कतार पुग्नासाथ आफ्नो परिचयपत्र पाउने र कुनै समस्यामा नपर्ने क्युभिसिले जानकारी गराएको छ । क्युभिसिको सुरुवातपछि कतार जाने नेपाली कामदार कुनै समस्यामा नपर्ने भएका छन भने कामदारसँगै बैदेशिक रोजगार व्यवसायीलाई पनि क्युभिसिबाट फाईदा नै फाईदा हुने भएको छ । कतारले भिसा सहजीकरण र कामदारको समस्या न्युन गर्नका लागि बंगलादेश, पाकिस्तान,श्रीलंका र भारतमा क्युभिसि सञ्चालन गरिसकेको छ । नेपाल क्युभिसि संचालन हुने मुलुकमा पाँचौ मुलुक हो कतारले आफ्नो देशमा बढी कामदार आउने स्रोत 8 मुलुकहरुमा पहिलो चरणमा क्युभिसि संचालन गरिरहेको छ ।

क्युभिसि संचालनपछि भिसा प्रोसेसिङ,मेडिकल लगाएतमा नेपाली श्रमिकहरुले लामो समय कुर्नु नपर्ने भएको छ । कतार जान ईच्छुक कामदार मेडिकल फेल भए वा अन्य समस्या भएमा नेपालबाट नै कतार जान नपाउने भएकाले कतार पुगेर फर्किनुपर्ने समस्याको अब अन्त्य हुनेछ । क्युभिसिबाट रोजगारीमा कतार जाने नेपाली श्रमिकहरुको तथ्यांक राखिने छ यस्ले कती नेपाली रोजगारीमा कतार गए र कति नेपाली कतारबाट फर्केर आए, कुन कामदार कस्तो अवस्थामा रहेको छ भन्ने जानकारी हुनेछ । कतार सरकारले नै क्युभिसि सञ्चालन गरेकोले कतार जाने कामदारलाई समस्या नआउने क्युभिसिले जनाएको छ ।

क्युभिसिले विभिन्न देशको सफल परीक्षणपछि नेपालमा संचालनमा ल्याईयको हो यसबाट नेपाली कामदार,म्यानपावर ब्याबसायी र नेपाल सरकारलाई फाईदा नै फाईदा पुग्ने बैदेशिक रोजगार विज्ञहरु बताउछन । क्युभिसिले नेपालमा दिने सबै सेवाहरु निसुल्क रहेको छ यसबाट कामदारलाई धेरै फाईदा पुग्नेछ । कतार भिषा सेन्टरका प्रमुख मेजर अब्दुल्लाह खलीफा अल मोहन्नदीले नेपालमा क्युभिसि संचालन भएकोमा खुशी व्यक्त गर्दै क्युभिसि संचालनवाट नेपाली कामदार,नेपाली म्यानपावर ब्याबसायी र नेपाल सरकारलाई धेरै फाईदा हुने बताए उनले कतार आउने कामदारले दुख नपाओस भन्ने उद्देस्यले नै कतार सरकारले क्युभिसी कार्यालय कामदार स्रोत मुलुकहरुमा संचालन गरेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार