शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

२१ वर्षीय उमेश चितुवाको छालासहित लाजिम्पाटबाट पक्राउ

मंगलबार, जेष्ठ १४ २०७६

काठमाडौं, १४ जेठ । काठमाडौं महानगरपालिका—२ लाजिम्पाटबाट चितुवाको छालासहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा अछाम चौरपाटी गाँउपालिका—४ पायल बस्ने २१ वर्षीय उमेश शाह रहेका छन् ।

उक्त स्थानमा वन्यजन्तु चितुवाको छालाको कारोवार हुँदैछ भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले शाहलाई १ थान छालासहित सोमबार पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार