शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

ब्राजिलको कारागारमा ४२ कैदी मृत फेला

मंगलबार, जेष्ठ १४ २०७६

काठमाडौं, १४ जेठ । उत्तरी ब्राजिलस्थित छुट्टाछुट्टै जेलमा ४२ जना कैदी मृत फेला परेका छन् ।

अमेजनस राज्यको एक कारागारमा समूहबीचको झडपमा १५ जना कैदी मारिएको एक दिनपछि यो घटनाबारे विवरण सार्वजनिक भएको हो ।

ब्राजिलका सरकारी अधिकारीहरुका अनुसार, अमेजन राज्यको राजधानी मानसस्थित ४ वटा कारागारमा गरिएका निरीक्षणका क्रममा कैदीहरु मृत भेटिएका हुन् ।

अक्सिजन अभावले श्वासप्रश्वासमा अवरोध भई कैदीहरुको मृत्यु भएको अमेजन राज्यको प्रिजन एजेन्सीले जनाएको छ ।

घटनापछि यसबारे सरकारी अधिकारीहरुले छानबिन थालेको बताइएको छ । अवस्थालाई थप बिग्रन नदिन एक कार्य दललाई घटनास्थलमा परिचालन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार