शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

६ महिनाका लागि गोले सिक्किमको मुख्यमन्त्री बन्दै

सोमबार, जेष्ठ १३ २०७६

काठमाडौं / भारतको लोकसभा निर्वाचनमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका अध्यक्ष पीएस गोले ६ महिनाका लागि सिक्किम राज्यको मुख्यमन्त्री बन्ने आँकलन गरिएको छ ।

भ्रष्टाचारको मुद्दा लागेका कारण गोले आगामी छ वर्षसम्म चुनाव लड्न नपाएपनि भारतीय संविधान अनुसार ६ महिनाका लागि गैरसांसदले पनि मुख्यमन्त्री बन्न पाउने संवैधानिक प्रावधान भएकोले गोलेमा मुख्यमन्त्रीको इच्छा बढेको छ ।

कुल ३२ सदस्यीय सिक्किम विधान सभामा गोलेको पार्टीले १७ सीट जितेर झिनो बहुमत हासिल गरेको छ ।

गोलेको पार्टीले बहुमत पाए पनि चुनाव जित्नेमध्येबाट मुख्यमन्त्री बनाउने नेताको अभाव भने स्पष्ट देखिएको छ ।
गोलेले ६ वर्ष चुनाव लड्न नपाउने भएकाले त्यस्तो व्यक्तिले मुख्यमन्त्री पनि बन्न पाउने कि नपाउने भन्नेमा अन्योल रहेपनि राज्यपालले मुख्यमन्त्रीका लागि स्वीकृति दिएको भारतीय सञ्चार माध्यमले बताएका छन् ।

पार्टीको विधायक दलले गोलेलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको र सोमबारसम्म सपथ हुन सक्ने सिक्किमका सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार