सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

यस वर्षको उत्कृष्ट निर्माण कम्पनीको अवार्ड रमण कन्स्ट्रक्सनलाई

आइतबार, जेष्ठ १२ २०७६

काठमाडौं(जस)–यो वर्षको उत्कृष्ट निर्माण कम्पनीको अवार्ड रमण कन्स्ट्रक्सनले प्राप्त गरेको छ । निर्माण व्यवसायी महासंघ नेपालसँगको सहकार्यमा कन्स्ट्रक्सन टाइम्स म्यागेजिन ईन्डियाले उत्कृष्ट व्यवसायी तथा निर्माण कम्पनीलाई नेपाल इन्फ्रास्टक्चर एण्ड कन्सट्रक्सन एक्सेलेन्स (नाइस) अवार्ड प्रदान गरेको हो । उत्कृष्ट व्यवसायी तथा निर्माण कम्पनीलाई अवार्ड प्रदान गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सनालेसरकारको ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा सार्थकतामा परिणत गर्न निर्माण व्यवसायी मुख्य साझेदार भएकोले विश्वव्यापी व्यावसायिक अभ्यासलाई आत्मसाथ गर्दै समयमै निर्माण आयोजना सम्पन्न गर्ने बाटो लाग्न अनुरोध गरे ।
विजेता कम्पनीका प्रबन्ध निर्देशक पवन महतोले यस्ता अवार्डले निर्माण व्यवसायीलाई निर्माण कार्यमा उत्कृष्ट रणनीति र कडा मिहेनतको बाटो अवलम्बन गर्न प्रेरणा दिने बताए । विभिन्न विधामा प्राप्त ८५ आवेदनबाट विज्ञ सम्मिलित निर्णायक मण्डलले २१ वटा उत्कृष्ट निर्माण कम्पनीलाई अवार्ड प्रदान गरिएको थियो । नाइस अवार्डको आयोजक कन्स्ट्रक्सन टाइम्सका प्रकाशक तथा सम्पादक रामामुर्थी मायावनले नेपालको द्रुत विकासको लागि निर्माण तथा संरचना विकासमा सरकारले अवलम्बन गरेको नीति र कार्यक्रमको प्रशंसा गरे । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अवार्डले विजेतालाई मात्र होईन समग्र निर्माण उद्योगलाई समेत प्रेरणा दिएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार