शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

नृत्यले मन्त्रमुग्ध पार्ने तुलाधरको स्मृति

आइतबार, जेष्ठ १२ २०७६

काठमाडौं(जस)–नेपाल प्रज्ञा–प्रतिष्ठानका सेवानिवृत्त कलाकार कृष्णमान तुलाधरको स्मृतिमा आइतबार शोकसभा सम्पन्न भएको छ । अमेरिकामा बस्दै आएका श्रेष्ठको गत वैशाख २९ गते हृदयाघातका कारण ६६ वर्षका उमेरमा निधन भएको हो । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, प्रज्ञाप्रतिष्ठान कलाकार तथा कर्मचारी सङ्गठन, लोकतान्त्रिक कर्मचारी तथा कलाकार सङ्घ र प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा आयोजित शोकसभामा कलाकार मदनदास श्रेष्ठले तुलाधरको निधनले नृत्य र नाट्य क्षेत्रले ठूलो क्षति भोग्नु परेको बताए । सभामा सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले तुलाधरलाई परिश्रमी र प्रतिभावान् व्यक्तिका रुपमा चित्रण गरे । “तुलाधर बिहान, साँझ घरमा बसेर काष्ठकलाको काम पनि गर्नुहुन्थ्यो”, शर्माउनले भने, “साह्रै रमाइलो हुनुहुन्थ्यो, तनाव कहिल्यै लिनुहुँदैनथ्यो ।”
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष धर्मराज कार्की, प्रज्ञा–प्रतिष्ठान कलाकार तथा कर्मचारी सङ्गठनका अध्यक्ष विश्वमोहन राजभण्डारी, लोकतान्त्रिक कलाकार तथा कर्मचारी सङ्गठनका अध्यक्ष अशोक चौरासिया र नृत्य कलाकार सङ्घका अध्यक्ष भुवन श्रेष्ठले तुलाधरको नृत्यले राष्ट्रिय अन्तरराष्ट्रियस्तरमा ख्याति पाएको र सबै मन्त्रमुग्ध हुने खालको भएको बताउँदै नृत्य कलाकारहरूको तस्वीर सङ्कलन गरिने जानकारी दिए ।
तुलाधरले २०३१ सालमा तत्कालीन राजकीय प्रज्ञा–प्रतिष्ठानको (ख) श्रेणीको कलाकारका रुपमा प्रवेश गरेका थिए । तुलाधरले भारत, श्रीलङ्का, पाकिस्तान, अमेरिका, फ्रान्स, स्विट्जरल्याण्ड, स्पेन, जर्मनीलगायत देशमा नृत्य प्रस्तुति दिएका थिए । नृत्यसँगै अभिनयका क्षेत्रमा पनि को उत्तिकै दख्खल थियो । गीतिनाटक ‘मालती मङ्गले’, ‘फर्केर हेर्दा’ , ‘जब घाम लाग्छ’ , ‘नृत्यवाटिका’ , ‘कुमारी’, ‘चण्डालिका’,‘अन्नपूर्ण’, ‘सती वृन्दा’, ‘शिवपार्वती’ लगायत थुप्रै नाटकमा ले अभिनय गरेका थिए । का श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार