आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

धमाधम नेकपा प्रवेश गर्दै तत्कालिन नयाँ शक्तिका कार्यकर्ता, गोरखाका केन्द्रीय परिषद सदस्यसहित कार्यकर्ताहरुलाई प्रचण्डद्वारा स्वागत

शनिबार, जेष्ठ ११ २०७६

काठमाडौं, ११ जेठ । तत्कालिन नयाँ शक्ति नेपाल, पार्टीका झण्डै आधा दर्जन नेता–कार्यक्रर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । नेकपा प्रवेश गर्नेहरुमा तत्कालिन नयाँ शक्तिका गोरखा–काठमाडौँ सम्पर्क मञ्चका संयोजक विश्वनाथ अधिकारी, कृष्ण घिमिरे, महिला शक्ति नेपालको केन्द्रीय सदस्य ज्ञान्द्यरी कैनी, नयाँ शक्ति विद्यार्थी सङ्गठनका केन्द्रीय सदस्य ज्ञानहरि पराजुली रहेका छन् । उनीहरुलाई नेकपा अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराएका हुन् ।

त्यसक्रममा पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सबै कम्युनिष्टलाई एकताबद्ध बनाउने ‘मिसन’ अझै पूरा नभएको बताए । उनले नेपाली जनताको विकास र समृद्धिको चाहना पूरा गर्ने ऐतिहासिक आवश्यकतालाई मध्यनजर गरेर कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्ने पहलको थालनी गरिएको बताए दुई ठूला कम्युनिष्ट पार्टीको एकताबाट नेपालका सम्पूर्ण कम्युनिष्ट र जनताले ठूलो आशा गरेको उल्लेख गर्दै प्रचण्डले गएको निर्वाचनमा जनताले ठूलो भरोसाका साथ कम्युनिष्ट पार्टीलाई झण्डै दुई तिहाइ मत दिएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार