मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

एनआरएनए कुवेतको छैठौ अधिवेशन आगामी जुलाई २६ मा गर्ने निर्णय

शनिबार, जेष्ठ ११ २०७६

कुवेत, ११ जेठ । गैर आवासीय नेपाली संघ (एनआरएनए ) कुवेतको छैठौंं राष्ट्रिय महाधिवेशन आगामी २६ जुलाईमा गर्ने निर्णय गरिएको छ । गैर आवासीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद कुवेतको बैठकले संस्थाको विधान अनुसार आगामी कार्यकाल २०१९–२१ को लागी छैठौं राष्ट्रिय अधिवेशन २६ जुलाई २०१९ मा गर्ने निर्णय गरेको हो ।

अधिवेशन घोषणासँगै आगामी कार्यकाल २०१९–२१ को लागी नयाँ पञ्जिकृत सदस्यता आवेदन दर्ताका लागि १९ जुलाई २०१९ सम्म अनलाईन मार्फत खुल्ला गरिएको छ । एनआरएन कवेत अयक्ष समित्रा देवी पौडेलका अनुसार सदस्यता अनलाईन फारामको लागि फोटो , सिभिल आईडी प्रतिलिपि, मोबाइल नम्बर र ईमेल र राहदानी प्रतिलिपिसहित सदस्यता लिन आह्रवान गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार