मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

मलेसियाका मानव शंशाधन मन्त्री र राजदूतबीच भेट, मलेसिया समस्या सुल्झाउन तयार

शुक्रबार, जेष्ठ १० २०७६

काठमाडौं(जस)–मलेसिया र नेपालबीच नेपाली कामदारकालागि मलेसिया रोजगारी सम्बन्धमा देखिएको समस्या हल गर्ने सहमति भएको छ । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे र मलेसियाका मानव संशाधन मन्त्री कुला शेराघनबीच बिहीबार पुत्राजयमा भएको द्विपक्षीय भेटमा आउँदो मंगलबारसम्म स्वास्थ्यको विषय टुंग्याउन मलेसिया तयार भएको बताइएको छ । यससँगै हाल मुख्य अवरोधका रुपमा देखिएको कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थासँग जोडिएको समस्या हल हुने र मलेसिया रोजगारी पुनः सुचारु हुने आशा बढेको छ । मलेसियामा नेपाली कामदार जान एक वर्षदेखि रोकिएको छ ।
मन्त्री शेराघनबीच भएको भेटघाटपछि प्रतिक्रिया दिदैं राजदूत पाण्डेले स्वास्थ्य परीक्षण गर्ने संस्थाको विषयकै कारण मलेसिया नखुलेकोबारे चर्चा भएको र मलेसियाले गृह मन्त्रालयसँग छलफल गरी मंगलबारसम्म उपाय दिन्छौँ भनेको बताए । पाण्डेले भेटघाट निकै महत्वपूर्ण भएको बताउँदैं सकारात्मक आशा लिएर फर्किएको पनि बताए । बैठकमा पाण्डेले मलेसियाको स्वास्थ्य मापदण्ड पुगेका सबै स्वास्थ्य संस्थाले कामदारको स्वास्थ्य परीक्षण गर्न पाउनुपर्ने भन्दै तत्काल अनुगमन टोली पठाइदिन अनुरोध गरेका थिए । श्रम मन्त्रालयले मलेसियाको लागि स्वास्थ्य परीक्षण गर्न इच्छुक स्वास्थ्य संस्थासँग आवेदन माग गरेको छ । जसमा विभिन्न संस्थाले आवेदन दिएका थिए । मलेसियाबाट प्राविधिक टोलीको छनोट पर्नेले मात्रै काम गर्न पाउनेछन् । अहिले नेपालमा रहेको ३९ वटा स्वास्थ्य संस्था बेस्टिनेट कम्पनीले छानेको र गृहमन्त्रालयसँग सम्झौता गरे अनुसार बेस्टिनेटको समय अझै डेढ वर्ष बाँकी रहेको सन्दर्भमा मलेसियाले गृहसँग छलफल गरी हामीलाई उपाय दिने भबताएको पाण्डेले जानकारी दिए ।
राजदूत पाण्डेले बुधबारसम्ममा मन्त्रीले स्वास्थ्य परीक्षणको बारेमा गृहमन्त्रालयसँग छलफल गरेर जानकारी दिने बताउादै मलेसियाले छलफलपछि मलेसियाले टोली पठाउनेमा आशाबादी भएको बताए । उनले आफु मलेसियाको रोजगारी खुलाउन र दुई देशबीचको सम्बन्ध मजबुत बनाउन लागि परेको जनसवालसँगको कुराकानीमा बताए । श्रम मन्त्री गोकर्ण बिष्टले एकतर्फी रुपमा अघिल्लो बर्ष जेष्ठ २ गतेदेखि मलेसियाको रोजगारी बन्द गरेपछि मलेसिया जान ईच्छुक हजारौं कामदार समस्यामा परेका छन् । भेण्डर बिबादका कारण मन्त्री बिष्टले रोजगारीको साँचो खोलेका छैनन् । जसका कारण अहिले मेनपावर ब्यावसायीहरु आन्दोलित भएका छन् भने उनीहरुले मलेसियाको रोजगारी खुलाउनुपर्नेलगायत विभिन्न माग राखेर सरकारलाई वैदेशिक रोजगारी नै बन्द गर्नेसम्मको चेतावनीसमेत दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार