काठमाडौंँ(जस)–प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई २०१९ को लोकसभा निर्वाचनमा विजय प्राप्त गरेकामा बधाई दिएका छन् । उनले अपराह्न १२ बजेर ३८ मिनेट जाँदा ट्विट गर्दै बधाई सन्देश दिएका छन् । अब पनि सफलता मिल्ने आशा गर्दै आफूले उनीसंँग निकट रही काम गर्ने इच्छासमेत व्यक्त गरेका छन् । कूल ५४२ संसदीय क्षेत्रमा मोदीको दल भारतीय जनता पार्टी र उसका सहयोगी दलको राष्ट्रिय गठबन्धनले स्पष्ट बहुमत हासिल गरेको छ ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी लोकसभा निर्वाचन–२०१९ मा भारी मतका साथ विजयी भएकोमा बिहिबार बधाई दिएका छन् । नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री दाहालले लोकसभा निर्वाचनमा प्रधानमन्त्री मोदी र उनको दल भारतीय जनता पार्टीले भारी मत प्राप्त गरेकोमा शुभकामना व्यक्त गरेका हुन् । भारतीय लोकसभा निर्वाचनको बिहिबार मतगणना भइरहेको छ । कूल ५४२ संसदीय क्षेत्रमा मोदीको दल भारतीय जनता पार्टी र उसका सहयोगी दलको राष्ट्रिय गठबन्धनले स्पष्ट बहुमत हासिल गरेको छ ।