बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

सुमित्रा तामाङ र बिक्रम परियारको गीत ‘चौतारीमा बर’ सार्बजनिक

बिहिबार, जेष्ठ ९ २०७६

काठमाडौं(जस)–समय, परिस्थिति र दर्शक श्रोता को मागले गीत संगीतलाई एक कुरामा मा अब्बल भएर मात्र नहुने भएको छ । कला गला को साथ साथै सन्दर्यताले पनि गीत संगीतलाई प्रभाव पार्न थालेको छ । यसको उदाहरण हो सुमित्रा तामाङ । यी तिनै कुराको पूरा रुप हुन बिक्रम र सुमित्रा । पछिल्लो समय अरुको सिको गरेर गीत निकाल्ने क्रम नभएको होइन यहि बिचबाट सुमित्रा तामाङ र बिक्रम परियारले फरक पहिचान बोकेको गीत चौतारीमा वर सार्बजनिक गरेका छन ।
पछिल्लो पुस्ता लाई ध्यान दिएर माया पिरतिमा आधारित यो गीतमा मौलिकता पाइन्छ । गीत गाउनु र निकाल्नु ठूलो कुरा होइन तर गीतमा कतिको मौलिकपन छ भन्ने ठूलो कुरा कुरा हो । आफैमा सुमधुर स्वरका धनी बिक्रम परियार र सुमित्रा तामाङको सहकार्यले यस चौतारीको वर मार्फत नया आयम थपिन सक्छ ।
नकुल ढकालको शब्द रहेको यस गीतमा संगीत वसन्त थापाको रहेको छ । गायक परियार र गायक तामाङले आवाज दिएको गीतलाई बिपि फिल्मको ब्यानरले बजार ब्यबस्थापन गरेको छ । मौषम हिमालीले निर्देशन गरेको म्यूजिक भिडियोमा चर्चित गायक तथा मोडल रामजी खाण, वसन्त थापा र सम्पदा बानियाले अभिनय गरेका छन भने संगीत संयोजन आशिष अबिरलले गरेका छ्न ।

प्रतिक्रिया
सम्बन्धित समाचार