बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

अष्ट्रेलियामा पनि ‘जात्रैजात्रा’ प्रदर्शन

बुधबार, जेष्ठ ८ २०७६

काठमाडौं(जस)–स्वदेशमा राम्रो व्यवसाय गरिरहेको भनिएको फिल्म ‘जात्रैजात्रा’ अष्ट्रेलियामा पनि प्रदर्शन गरिएको छ । मंगलबार अष्ट्रेलियाको व्रिजवेनमा फिल्म प्रदर्शन गरिएको हो । फिल्मको निर्धा्रित समय भन्दा अगाडि नै हलमा दर्शक भरिएपछि केहीले भुइमै बसेर समेत फिल्म हेरेको आयोजकले जनाएको छ । जात्रै जात्राको डिमान्न्ड धेरै भएको कारण टिकट पुर्याउन मुस्किल पर्ने गरेको आयोजकले जनाएको छ ।
हालै अष्ट्रेलियाको सिड्नी र तासमानियामा सो फिल्म प्रदर्शन गरिएको थियो । प्रदीप भट्टराइको निर्देशन रहेको फिल्म ‘जात्रै जात्रा’ स्वदेशमा शुक्रबारबाट प्रदर्शनमा आएको हो । विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, दयाहाङ राई, बर्षा राउत, राजाराम पौडेल लगायतको मुख्य भूमिका रहेको छ । रविन्द्र सिंह बनियाँ कार्यकारी निर्माता रहेको फिल्ममा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ । ‘जात्रा’ हिट भएपछि यसको सिक्वेलको रुपमा यो फिल्म निर्माण भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार