मंगलबार, जेष्ठ ७ २०७६
पाँचथर । पाँचथरको दक्षिण पश्चिमी गाउँ मिक्लाजुङ गाउँपालिकामा ९ जनाको हत्या भएको छ । सोही गाउँपालिकाको वडा नम्बर ७ मा एक युवकको झुण्डिएको अवस्थामा शव फेला परेको छ ।
स्थानीय बासिन्दासँगको कुराकानी र घटनास्थल अवलोकनपछि प्रहरीले हत्यामा संलग्न रहेको शङ्का गरेका व्यक्ति मानबहादुर माखिम झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।
मानबहादुर हत्या गरिएको परिवारका कान्छा ज्वाइँ हुन्। उनको श्रीमतीसँग सम्बन्ध राम्रो नभएको र झगडा भइरहने गरेकाले सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको थियो। उनकी श्रीमती भने माइत बस्दै आएकी थिइन्।
डिआईजी केदार रिजालका अनुसार घटनाको प्रकृतिका आधारमा शङ्का गरिएका व्यक्ति झुन्डिएको अवस्थामा फेला परेका छन्। बाँच्न सफल १२ वर्षीया सीता खजुमले घटनाका बेला एक जना मात्र व्यक्ति देखेको प्रहरीलाई बताएकी छन्। घटनास्थलमा कुनै हतियार फेला परेको छैन।
घटनास्थल मिक्लाजुङ ३ आरुबोटेभन्दा केही टाढा रहेको वडा ७ लिम्बा भन्ने स्थानको एक रुखमा मानबहादुर झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
अहिले यी घटना भएका दुवै घर सिल गरी प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
हत्या हुनेहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् ।
तालिमप्राप्त कुकुर परिचालन
पाँचथरको मिक्लाजुङ्माको घटनामा एक जनाको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले प्रारम्भिक अनुसन्धानबाट एक जनाकाे संलग्नता भएकाे बताए ।
तर, प्रहरीले एक जनाकै संलग्नता रहेको भनेर ढुक्क नहुने र थप अनुसन्धान भइरहेको बताएको छ । प्रहरीले घटनाबाट भागेर बाँचेकी बालिका र स्थानीयसँगको सोधपुछकाआधारमा एक जनाको संलग्नता रहेको बताएको छ ।
उनीहरूसँग थप साेधपुछकाे काम भइरहेकाे छ । बालिकाले प्रहरीलाई दिएको जानकारीअनुसार नकाबधारीले मुखुण्डो लगाएका थिए । राति सुतिरहेको परिवारलाई बोलाएर ढोका खोल्न लगायो अनि एक्कासी आक्रमण गरेको बालिकाले प्रहरीलाई बताएकी छन् ।
उनले ढोका खोल्ने बित्तिकै परिवारका सदस्यमाथि अन्धाअुन्ध आक्रमण गरेको तर आफू भने भागेर बाँच्न सफल भएको बताएकी छन् । आज राति दुई परिवारका ९ जनाको विभत्व हत्या भएपछि अहिले गाउँ नै शोकमा डुबेको छ ।
घटनाको विषयमा थप अनुसन्धान गर्नका लागि तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन भएको छ ।
घटनाको जानकारी पाएलगतै अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय, धरानका एसएसपी शरद खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली खटिएको छ । सामुहिक हत्या प्रकरणको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीको टोली पनि जाँदैछ ।
प्रहरीेले घटना संलग्नलाई पक्राउ गर्न विशेष सतर्ककता अपनाएको छ । घटना संलग्नहरु भाग्न सक्ने सम्भावित नाकाहरुमा चेकिङ बढाएको छ ।
मंगलबार बिहान मिल्लाजुङ गाउँपालिका–३ आरुबोटेमा ज्वाइँ ससुराको परिवारका ९ जनाको शव भेटिएको थियो । करिब दुई किलोमिटर वरपर घर रहेका ज्वाइँ धानराज शेर्माको घरमा ५ जना र ससुरा वमबहादुर फियाकको घरमा ४ जनाको विभत्स हत्या भएको हो ।
भागेर ज्यान बचाएकी बालिकाले खोलिन यस्तो रहस्य
गएराति पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा भएको हत्यामा संलग्न व्यक्तिले आफ्नो अनुहार छोपेर २ परिवारका ९ जनाको हत्या गरेको घटनामा भागेर बाँच्न सफल १२ वर्षीया बालिकाले बताएकी छन् ।
भागेर बाँच्न सफल सीता खाजुमका अनुसार कपडाले अनुहार छोपेर नचिनिने गरी आएका केही व्यक्तिले सबैलाई धारिलो हतियार प्रहार गरेका थिए ।
घाइते भएर उपचार गराइरहेकी खजुमले प्रहरी सामू भनेकी छन्, ‘पालैपालो सबैलाई हानेर भागे ।’
पाँचथरको दक्षिण पश्चिमी गाउँ मिक्लाजुङ गााउँपालिका–३ आरुबोटेमा ९ जनाको विभत्स हत्या भएकोथियो । धारिलो हतियार प्रहार गरी सोमबार राति दुई परिवारका नौजनाको हत्या भएकोथियो । सदरमुकाम फिदिमबाट टाढा रहेको उक्त स्थानमा भएको घटना मंगलबार बिहानमात्रै जानकारीमा आएकोथियो ।
धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटिएको गुरुङले जानकारी दिइन् । वडाध्यक्ष हस्तराज फियाकले पनि घटनाको पुष्टि गरेका छन् ।
हत्या भएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् । १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् ।
घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो ।
घटनास्थलमा दशमीबजारस्थित प्रहरी चौकीको टोली बिहान ६ बजे पुगेको छ भने इलाका प्रहरी कार्यालय रवि र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ लागेको छ ।
प्रहरी निरीक्षक अनिलकुमार पौडेलले नौ जनाको हत्या भएको स्थानीयवासी र घटनास्थलमा रहेका प्रहरीले पुष्टि गरेको जानकारी दिए । प्रहरीले अहिले घटनाको अनुसन्धान थालेको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारीले पाँचथरको मिक्लेजुङ गाउँपालिकामा पर्ने आरुबोटे गाउँमा भएको सामूहिक हत्याको अनुसन्धान कार्य सुरु भइसकेको पाँचथरका बताएका छन् ।
प्रजिअ मुरारि वस्तीका अनुसार मिक्लाजुङ गाउँपालिकाको आरुबोटे गाउँमा धनराज शेर्माको घरमा पाँच जना र बमबहादुर फ्याकको घरमा चार जनाको सामूहिक हत्या भएको पाइएपछि त्यहाँ खटिएको प्रहरी टोलीले घटनाबारे मुचुल्का तयार पार्ने काम गरिरहेको छ ।
घटनास्थलबाट भाग्न सफल एक बालिका प्रहरीको आश्रयमा छिन् ।
पाँचथर राजधानी काठमाण्डूबाट झन्डै ६०० किलोमिटर पूर्वमा पर्दछ। आरुबोटे गाउँ पाँचथर(इलाम सीमाक्षेत्रबाट पश्चिमतिर अवस्थित छ ।
अनुसन्धानको लागि प्रदेश १ का अन्य नगरबाट पनि प्रहरी टोली पाँचथर खटिएको उनले बताए।
उनले भने, ‘घटनाबारे बिहान ५ः३० बजेतिर खबर पाएलगत्तै प्रहरी टोली खटिएका छन् । भारतसँगको सीमा जोडिएको क्षेत्रमा घटना भएकोले चारैतिर सुरक्षा व्यवस्था कडा बनाइएको छ ।’
उनका अनुसार घटनास्थलबाट भाग्न सफल एक बालिकाले प्रहरीलाई बताएअनुसार हत्यामा संलग्न व्यक्तिले कपडाले अनुहार छोपेका थिए ।
मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमका अनुसार घटनास्थलमा प्रहरी टोलीहरूले आफ्नो काम गरिरहेका छन् ।
उनले भने, ‘प्रहरी अनुसन्धान टोली एउटा घटनास्थलबाट अर्को घटनास्थलमा जाने काम भइरहेको छ ।’
प्रमुख जिल्ला अधिकारीले भने, ‘हत्यामा संलग्न भएको आशङ्का गरिएका व्यक्ति गाउँनजिकै एउटा रूखमा झुन्डिएको अवस्थामा फेला परेका छन् ।’
माखिम र वस्तीका अनुसार पाँचथरमा अहिलेसम्म यस्तो खालको विभत्स सामूहिक हत्या नभएकोले जिल्लावासीहरू स्तब्ध भएका छन् ।
उनले भने, ‘एक पछि अर्को घटना भइरहेकोले घटना रहस्यमय भएको छ ।’
घटनामाथि घटना थपिएकोले प्रहरी टोलीहरू अनुसन्धानका लागि अहिले तीनतिर छरिएको उनले बताए ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij