काठमाडौं(जस)–फ्रान्समा जारी विश्वकै ठूलो र चर्चित फिल्म फेस्टिभलको रुपमा चिनिएको ’कान्स फिल्म फेस्टिभल’ मा नेपाली अभिनेत्री प्रियंका कार्कीले सहभागिता जनाउने भएकी छन् । यो सँगै प्रियंका ’कान्स फिल्म फेस्टिभल’ मा सहभगिता जनाउने पहिलो नेपाली अभिनेत्री बनेकी छन् ।
अभिनेत्री कार्कीले सामाजिक सञ्जालमार्फत मे २० देखि २४ सम्म कान्स फिल्म फेस्टिभलमा सह्बह्गी हुने जानकारी दिएकी छन् । प्रियंका २० मे अर्थात सोमबार कान्सको रेड कार्पेटमा देखिने छन् । कान्समा सहभागी हुन प्रियंका फ्रान्स प्रस्थान गरिसकेकी छिन् । कान्समा बलिउडसहित विश्व भरका सेलिब्रेटीहरुले सहभागिता जनाउदै आएका छन् ।