मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

काँग्रेसको छायाँ सरकार गठन : गृहमा बडु, अर्थमा रिजाल, स्वास्थ्यमा गगन

सोमबार, जेष्ठ ६ २०७६

काठमाडौं(जस)–प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले छायाँ सरकार गठन गरेको छ । नेपाली काँग्रेसका सभापति एवं संसदीय दलका नेता माननीय शेरबहादुर देउवाले काँग्रेस संसदीय दलको विधानको धारा ९ को उपधारा (५) (क) बमोजिमको छायाँ सरकारको रुपमा क्रियाशिल रही कार्य सम्पादन गर्नका लागि सोमबार मन्त्रालयस्तरीय समन्वय समिति गठन गरेका हुन्् । काँग्रेसले सरकारका विभिन्न मन्त्रालयमा निगरानी गर्न समन्वय समिति गठन गरेको हो । जसमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय समन्वय समितिका संयोजकमा ज्ञानेन्द्रबहादुर कार्की एवं सदस्यमा सत्यनारायण खनाल र ज्ञानकुमारी छन्त्याल छन् । परराष्ट्र मन्त्रालय समन्वय समितिका संयोजकमा डा नारायण खड्का एवं सदस्यमा डा अमेरशकुमार सिंह र दिव्यमणि राजभण्डारी सदस्य रहेको दलको कार्यालयका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।
त्यस्तै अर्थ मन्त्रालय समन्वय समितिका संयोजकमा डा मीनेन्द्र रिजाल एवं सदस्यमा मीना पाण्डे र विनोदकुमार चौधरी छन् । गृह मन्त्रालय समन्वय समितिका संयोजकमा दिलेन्द्रप्रसाद बडू एवं सदस्यमा रमेशजङ्ग रायमाझी र महेन्द्रकुमारी लिम्बू रहेका छन् । शहरी विकास मन्त्रालय समन्वय समितिका संयोजकमा उमाकान्त चौधरी एवं सदस्यमा मीनाक्षी झा र रामबहादुर विष्ट रहेकोे निजी सचिव जोशीले बताए । युवा तथा खेलकूद मन्त्रालय समन्वय समितिका संयोजकमा किशोरसिंह राठौर एवं सदस्यमा रंगमती शाही र दुर्गाप्रसाद उपाध्याय छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय समन्वय समितिका संयोजकमा मीनबहादुर विश्वकर्मा एवं सदस्यमा विन्दादेवी आले राना र कर्मा घले छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय समन्वय समितिका संयोजकमा गगनकुमार थापा एवं सदस्यमा उमेश श्रेष्ठ र नमिताकुमारी चौधरी रहनुभएको काँग्रेसले जनाएको छ ।
खानेपानी मन्त्रालय समन्वय समितिका संयोजकमा सुजाता परियार एवं सदस्यमा मीना सुब्बा र नागेन्द्रकुमार राय छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय समन्वय समितिका संयोजकमा पार्वता डिसी चौधरी एवं सदस्यमा सीताराम महतो र मोहन आचार्य छन् । त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समन्वय समितिका संयोजकमा देवेन्द्रराज कँडेल एवं सदस्यमा प्रकाश स्नेही रसाइली र प्रमिला राई छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय समन्वय समितिका संयोजकमा डा डिला संग्रौला एवं सदस्यमा प्रकाश पन्थ छन् भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समन्वय समितिका संयोजकमा बहादुरसिंह लामा एव सदस्यमा सूर्यबहादुर केसी र विमला नेपाली छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय समन्वय समितिका संयोजकमा लक्ष्मी परियार एवं सदस्यमा प्रमोदकुमार यादव र स्मृतिनारायण चौधरी छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय समन्वय समितिका संयोजकमा अतहरकमाल मुसलमान एवं सदस्यमा तेजुलाल चौधरी र धनकुमारी खतिवडा रहेको संसदीय दलको कार्यालयले जनाएको छ । कृषि तथा पशुपक्षी मन्त्रालय समन्वय समितिका संयोजकमा पद्मनारायण चौधरी एवं सदस्यमा अनिता देवकोटा र सरवत आरा खानम हलुवाइनी छन् ।
त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय समन्वय समितिका संयोजकमा उमा रेग्मी एवं सदस्यमा लालकाजी गुरुङ्ग र हीरा गुरुङ्ग रहेका छन् भने रक्षा मन्त्रालय समन्वय समितिका संयोजकमा भीमसेनदास प्रधान एवं सदस्यमा अभिषेकप्रताप शाह छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समन्वय समितिका संयोजकमा सञ्जयकुमार गौतम एवं सदस्यमा जीपछिरिङ लामा र देवप्रसाद तिमिल्सिना छन् । साथै वन तथा वातावरण मन्त्रालय समन्वय समितिका संयोजकमा राजेन्द्रकुमार केसी एवं सदस्यमा मुक्ताकुमारी यादव छन् । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय समन्वय समितिका संयोजकको जिम्मेवारी राधेश्याम अधिकारीलाई प्रदान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार