मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

जलाटन इम्ब्राहिमोविचलाई दुई खेलको प्रतिबन्ध

आइतबार, जेष्ठ ५ २०७६

काठमाडौं(एजेन्सी)– स्विडेनका फुटबलर जलाटन इम्ब्राहिमोविचलाई दुई खेलको प्रतिबन्ध लगाइएको छ । मेजर लिग सकर (एमएलएस) लिगमा एलए ग्यालेक्सीबाट खेलिरहेका इम्ब्रहिमोविचलाई न्युयोर्क सिटीविरुद्धको गत शनिबारको खेलमा सिटीका गोलकिपरलाई हानेको आरोपमा उनलाई दुई खेलको प्रतिबन्ध लगाइएको हो ।
मैदानमा लगातारको खराब व्यबहारका कारण इम्ब्राहिमोविचलाई प्रतिबन्ध लगाएको हो । ३७ बर्षिय स्ट्राइकरले खेलको ८६औ मिनेटमा बल गोल गर्ने प्रयास गर्दा असफल भएपछि सिटीका गोल किपरले उनलाई दिएको धक्काको जवाफमा उनले गोलकिपरको कम्मरमा समातेर लडाएका थिए । सो घटनापछि रेफ्रीले दुवै खेलाडीलाई पहेलो कार्ड दिएका थिए ।
खेल मैदानमा हुने विवादित घटनाका कारण इब्रहिमोविच चर्चामा आउने गर्दछन । पछिल्लो तीन सातामा मैदानमा उनले गरेको यस्तो व्यबहार दोस्रो पटक हो । यो खेलमा एलए ग्यालेक्सी २–० ले पराजित भएको थियो । यो प्रतिबन्ध पछि इब्राहिमोविचले आइतबार हुने कोलोराडो र्या्पिड्स र ओर्लान्डो सिटीविरुद्धको खेल गुमाउने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार