मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

विश्वकप क्रिकेट विजेताले पाउने पुरस्कार राशी बढ्यो

आइतबार, जेष्ठ ५ २०७६

काठमाडौं(एजेन्सी)–आइसीसी क्रिकेट विश्वकप नजिकिदै गर्दा आइसीसीले विश्वकप विजेताले पाउने पुरस्कार राशीको घोषणा गरेको छ । आइसीसीका अनुसार १२औ संस्करणको विश्वकप क्रिकेट विश्वकप विजेताले ४ मिलियन डलर अर्थात ४० लाख डलर पुरस्कार पाउने भएको छ । सन् २०१५ मा विजेता अस्ट्रेलियाले ३.७५ मिलियन डलर अर्थात् ३७ लाख ५० हजार डलर पुरस्कार पाएकोमा यस पटक आइसीसीले पुरस्कार राशी बढाएको छ ।
त्यस्तै उपविजेता हुने टिमले २ मिलियन डलर अर्थात २० लाख डलर पुरस्कार पाउने भएको छ । त्यस्तै सेमिफाइनलमा पुग्ने हरेक टिमले ८ लाख डलर पुरस्कार राशी पाउने आइसीसीले घोषणा गरेको छ । त्यस्तै लिग चरणमा हरेक खेल जित्ने टिमले हरेक खेल जितेबापत ४० हजार डलर पाउने आइसीसीले जनाएको छ ।
आगामी मे ३० देखि जुलाई १४ सम्म इङल्याण्ड र वेल्समा हुने विश्वकपमा आयोजक इङल्याण्डसहित अस्ट्रेलिया, भारत, पाकिस्तान, श्रीलंका, न्यूजील्याण्ड, बंगालदेश, अफगानिस्तान, वेस्टइन्डिज र दक्षिण अफ्रीका गरी १० देश सहभागी हुदै छन् । अहिलेसम्म सम्पन्न एघार विश्वकपमा सबैभन्दा धेरै पटक विश्वकपको उपाधि अस्ट्रेलियाले जितेको छ । अस्ट्रेलियाले ५ पटक विश्वकपको उपाधि जितेको छ भने भारत र वेस्टइन्डिजले २–२ पटक विश्वकप जितेको छ । त्यस्तै श्रीलंका र पाकिस्तानले एक एक पटक विश्वकप जितेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार