शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

बिहानै त्रिशूली नदीमा बस खस्यो : ५ जनाको मृत्यु, २८ जना घाइते

आइतबार, जेष्ठ ५ २०७६

धादिङ, ५ जेठ । धादिङको आदामघाटबाट त्रिशूली नदीमा बस खस्दा ५ जनाको ज्यान गएको छ । एक जना महिला र चार जना पुरुषको ज्यान गएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

उनीहरुको पहिचान भने खुलेको छैन । प्रहरीका अनुसार दुर्घटनामा २८ जना घाइते भएका छन् ।

काकडभिट्टाबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ४३ ८७ नम्बरको रात्री बस आदामघाटको घुम्तीबाट त्रिशूली नदीमा खसेको हो ।

घाइतेहरुको उपचारका लागि काठमाण्डाै लगायत अन्य अस्पताल पठाइएको छ । बसमा कतिजना सवार थिए भन्ने पनि अहिलेसम्म खुल्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार