काठमाडौं जेठ ३, संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकसहित अरु केही कानुनमा रहेका प्रावधानले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गर्ने ठहर गर्दै आन्दोलित भएको नेपाल पत्रकार महासंघले आज बानेस्वरमा विरोध प्रदर्शन गरेको छ । महासंघको अगुवाइमा भएको प्रदर्शनमा नागरिक समाजका अगुवा तथा आम सर्वसाधारण पनि सहभागी भएका थिए ।
प्रदर्शनमा सहभागीहरुले मुखमा कालोपट्टी बाँध्नुका साथै प्रेस स्वतन्त्रता तथा नागरिक अधिकारसम्बन्धी विभिन्न नारा लेखिएका प्लेकार्ड बोकि पर्दशन गरेका थिए । बिरोध पर्दसनमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलगाएत महासंघका पदाधिकारी,बरिष्ठ पत्रकारहरु नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।