मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

एनआरएनए ओशिनिया सम्मेलन सार्थक र परिणाममुखी : ओशिनिया संयोजक अधिकारी

शुक्रबार, जेष्ठ ३ २०७६

काठमाडौं(जस)–गैरआवासीय नेपाली संघ (एनआरएनए) ओशिनिया क्षेत्रीय बैठक सार्थक र परिणाममुखी भएको एनआरएनए ओशिनियाले निष्कर्ष निकालेको छ । सम्मेलन अष्ट्रेलियाको सिडनीमा यही मे ११ र १२ भएको थियो ।

‘इन्भेष्मेन्ट, इन्नोभेसन र टुरिजम’ मूल नारा राखिएको सम्मेलन हायात रेजेन्सी, डार्लिङ हार्बर सिडनीमा भव्य रुपमा समपन्न भएको थियो । सम्मेलन भव्य रूपमा सम्पन्न भएको तथा बैठकमा सहभागी भएका सहभागीहरूको सकारात्मक प्रतिक्रियाले हौसला र प्रेरणा प्रदान गरेको एनआरएनए ओशिनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले बताएका छन् ।


‘जुन उत्साहका साथ बैठकको आयोजना गर्ने तयारी हामीले गरेका थियौं, त्यसमा सफलता हासिल गरेका छौं,’ संयोजक अधिकारीले बताए । उनले थपे– ‘गैरआवासीय नेपाली अभियान वास्तवमा कुनै संस्था वा सङ्गठनभन्दा माथि छ । नेपाल बाहिर रहेको नेपाली समुदायलाई एकै सूत्रमा बाँधेर नेपालका लागि गर्न सक्ने र गर्नु पर्ने विविध विषयमाथि छलफल, सुझाव सङ्कलन र सम्बद्ध निकायसँग के कसरी सहकार्य गर्न सकिन्छ भन्ने कोणमा घनीभूत छलफल गर्ने बृहत् उद्देश्यले सङ्घले प्रत्येक दुई वर्षमा यस किसिमका क्षेत्रीय बैठकहरू आयोजना गर्दै आइरहेको छ । जसबाट प्राप्त निष्कर्षलाई नेपालमा आयोजना हुने विश्व सम्मेलनमा प्रस्तुत गर्दै आइरहेको छौ । ओसेनिया क्षेत्रीय बैठकमा सहभागी भएका माननीय कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकाल, माननीय सभासद् विष्णु पन्थी, एनआरएनका अध्यक्ष भवन भट्ट, एनआरएनका पूर्वअध्यक्ष एवं संरक्षक डा. शेष घले र जमुना घले उपाध्यक्षद्वय कुमार पन्त, कूल आचार्य, महासचिव डा. बद्री केसीसहित प्रबक्ता भुषण घिमिरे. सह कोषाध्यक्ष सोम सापकोटा क्षेत्रीय संयोजकहरू, शिव बरूवाल, किरण थापा, जापानका आइसीसी सदस्य महेशजी, युकेका राजेन्द्र पुडासैनी र विभिन्न देशका प्रतिनिधि साथीहरूको उपस्थिति ले हामीलाई थप ऊर्जा प्राप्त भएको छ ।’

अधिकारीले ‘सबैको हात एकै साथ’ भन्ने मूल मर्मले पनि यसपटकको बैठकमा सार्थकता पाएको बताए । उनले थपे– ‘यसका साथै सुरुवाती दिनदेखि नै नेपाली पत्रकारिता जगतले ओसेनिया बैठकप्रति देखाएको सदासयताप्रति हामी कृतज्ञ छौँ । अस्ट्रेलियामा बसेर नेपाली समुदाय लक्षित कलम चलाइरहेका पत्रकार मित्रहरू एवं नेपालबाट आएका पत्रकार साथीहरूको सक्रियताले पनि वास्तवमै यस बैठकलाई थप प्रभावकारी बनाउन मद्धत गरेको छ । सही समाचार सम्प्रेषण र सञ्चार गरिदिनुहुने सम्पूर्ण सञ्चारकर्मीहरूप्रति हामी आभारी छौं’, अधिकारीले बताए । अधिकारीले जग विना घरको कल्पना गर्न सकिन्न भन्दै एनआरएनको जग भनेकै हरेक देशमा रहेका नेशनल कोअर्डिनेशल काउन्सिलहरू, स्टेट कोअर्डिनेशन काउन्सिलहरू नै रहेको र अस्ट्रेलियाको सवालमा हेर्ने हो भने न्यूसाउथवेल्स स्टेट कोअर्डिनेशन काउन्सिल र अन्य स्टेटहरूबाट आएका साथीहरूको साथ र सहयोगले थप हर्षित भएको बताए ।

‘अस्ट्रेलियाबाट आईसीसीमा प्रतिनिधित्व गर्ने साथीहरू, ओसेनिया क्षेत्रका न्यूजिल्याण्ड, पपुवान्यूगिनी, भान्वातुबाट सोम थापा तथा अन्य देशका साथीहरूको उपस्थितिले यस पटकको कार्यक्रम सदैव स्मरणयोग्य रह्यो । आफू खासै धेरै लेख्ने, बोल्ने मानिस नभएपनि आफूले गरेको काममा सबैले साथ र सहयोग गरिदिनुभएकोमा गर्वानुभुत भएको छु । जो–जो हाम्रो टिममा रहेर यो क्षेत्रीय बैठकलाई सफल बनाउन खट्नुभयो । जो –जो हाम्रो अतिथि बनेर यस कार्यक्रमलाई भव्य बनाउन लाग्नुभयो र जस जसले कार्यक्रमको आर्थिक भारलाई केही भए पनि कम गर्छु भनेर प्रायोजन गर्दै यसमा सम्मिलित हुनुभयो सबै–सबैप्रति हार्दिक कृतज्ञ छु । काम गर्ने क्रममा केही कमी कमजोरी हुन सक्छन, यिनलाई सुधार्दै लैजानु हाम्रो दायित्व पनि हो । र सो दायित्व मनन समेत गरेको छु । बैठकलाई भव्य र सभ्य रूपमा सफल बनाउन आ–आफ्नो स्थानबाट सहयोग गर्नुहुने सम्पूर्णप्रति हार्दिक आभार व्यक्त गर्दछु,’ संयोजक अधिकारी बताए । अधिकारीले कार्यक्रम सफल बनाउन विशेष योगदान पुरया विशेष व्यक्तित्वहरू– शेष घले, जमुना घले, आइसीसी सदस्य होम पाण्डे, दिनेश जोशी, बबिता श्रेष्ठ, उषा पोखरेल, दीपक भट्टराई, ऋषि आचार्य, जानकी पौडेल, प्रिति शर्मालगायत सबै सबैप्रति हार्दिक आभार प्रकटसमेत गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार