मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

सम्वृद्धि रियल स्टेटको कर्पोरेट कार्यालयको समुद्घाटन

बिहिबार, जेष्ठ २ २०७६

काठमाडौँ । अन्तरास्ट्रिय स्तरको सेवा पुर्याउने उद्देस्यले संचालित सम्वृद्धि रियलस्टेटले बढ्दो माग लाई ध्यानमा राख्दै आफ्नो ग्राहकहरुलाई पायक पर्ने हिसाबले काठमाडौँको केन्द्रमा पर्ने सिटीसेन्टर कमलपोखरीमा आफ्नो कर्पोरेट कार्यालय एक भब्य समारोह बीच समुद्घाटन गरेको छ । उक्त कार्यक्रममा नेपालमा रियल स्टेट व्यवसायमा अन्तरास्ट्रिय स्तरको एआइसी सिस्टमको पहिलो पटक सुभारम्भ गरेको छ । यसले कम्पनीबाट चौबिसै घन्टा रियल स्टेट सम्बन्धि सूचना प्राप्त गर्न सकिने छ ।

नेपाल राष्ट्रिय गानका रचयिता ब्याकुल माइला (प्रदिप कुमार रार्इ) ले कार्यक्रमको प्रमुख आतिथ्य ग्रहण गरी कर्पोरेट कार्यालयको समुद्घाटन गरेका थिए । उक्त कार्यक्रममा एनआरएनए बेल्जियमका फाउन्डर प्रेसिडेन्ट तथा एनआरएनए आइसिसि कृषि प्रवर्धन समितिका संयोजक युबराज गुरुङ, पत्रकार महासंघ युरोपका बरिस्ट भाइस प्रेसिडेन्ट डिल्लीराम अमगाई , एनआरएनए आइसिसि कृषि प्रवर्धन समितिका सदस्य एबम रबर खेति बिज्ञ तिलक भण्डारी, एनरियो नेपालका महासचिब बिनोद सुबेदी, एनरियो नेपालका सचिब हमिद खान, एनआरएनए युकेका सल्लहाकार डा रामकुमार अधिकारी, हाइलि स्किल एसोसिएसन युकेका पुर्ब अध्यक्ष पुन्यरेग्मी, क्लब ५० का अध्यक्ष दमन बस्नेत बिसिस्ट अतिथिको रुपमा रहेका थिए ।


उक्त कार्यक्रम को संचालन सम्वृद्धि रियल स्टेटका सेल्स डाईरेक्टर निलाम आचार्यले गरेका थिए भने एआइसी सिस्टमको चाट बोर्डका बारेमा एमडि जनक भट्टराईले जानकारी गराएका थिए । कम्पनीको बारेमा संक्षिप्त जानकारी दिदै सम्वृद्धि रियल स्टेटका मार्केटिंग डाईरेक्टर एबम एनआरएनए युकेका उपाध्यक्ष ललित कुमार न्यौपानेले स्वागत भाषण गरेका थिए । भर्खर खोलिएको कार्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै प्रमुख अतिथि ब्याकुल माइला, युबराज गुरुङ, डिल्ली रामअमगाई, बिनोद सुबेदीले शुभकामना मन्तब्य दिनुभएको थियो ।


सबै अतिथिहरु लाइ मायाको चिनो प्रदान गरी जलपान गराई कार्यक्रमकोसमापन गरिएको थियो । सबैलाइ धन्यवाद ज्ञापन गर्दै कम्पनीकाफाउन्डर सी ए ओ साम सुर्य तामांगले कार्यक्रमको बिसर्जन गरेका थिए । उक्त कार्यक्रममा डेपुटी सीओ भरत थापा ,सेल्स डाईरेक्टर सुमन राई लगायत कम्पनीका कर्माचारी हरु,प्रोपाटी ब्यबसायसंग संग्लग्न बिभिन्न महानुभाबहरुको बाक्लो उपस्थीति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार