शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

‘कबड्डी’को तेस्रो सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’ घोषणा

बुधबार, जेष्ठ १ २०७६

काठमाडौं (जस)–‘कबड्डी’ सिरिजको तेस्रो फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ निर्माण घोषणा भएको छ । सोमबार साँझ राजधानीमा आयोजित एक कार्यक्रमका बिच फिल्म घोषणा गरिएको हो । सो अवसरमा रामबाबु गुरुङको निर्देशन रहने फिल्मको कलाकार समेत परिचय गराइएको थियो । बाँसुरी फिल्मस्को निर्माण र सिनेमा आर्टको प्रस्तुति रहने ‘कबड्डी कबड्डी कबड्डी’मा दयाहाङ राई, सिंह ठकुरीको कर्मा, रिश्मा गुरुङ, माओत्से गुरुङ, पुस्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, लुनिभा तुलाधर, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, अरुणा कार्की लगायतको मुख्य अभिनय रहेको छ ।
फिल्ममा युवा स्टार प्रदीप खड्काको अभिनय रहने केही समय अगाडि चर्चा चले पनि घोषणा समयमा भने उनको नाम कहिकतै आएन । निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको कथामा बन्न लागेको फिल्म निर्माणमा माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्य रहेको छ । स्वजातीय विवाह र अन्तर्जा्तिय प्रेम सम्बन्धको विषयमा निर्माण हुन लागेको फिल्म ५ जेठबाट छायाँकनका लागि फ्लोरमा निश्किने छ । मणिराम पोखरेल, अर्जुन कार्की, ओमचन्द्र रौनियार निर्माता रहेको फिल्ममा रोहित शाक्यको पाश्र्व संगीत रहनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार