मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

प्रधानमन्त्री आज साँझ स्वेदश फर्किंदै, काठमाडौंको एयरपोर्ट र सडक प्रभावित हुने

बुधबार, जेष्ठ १ २०७६

काठमाडौं, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली कम्बोडिया र भियतनामको भ्रमण सकेर आज साँझ नेपाल फर्कदैछन् । साँझ ७ बजेर ५ मिनेटमा प्रधानमन्त्रीले चार्टर गरेको नेपाल एयरलायन्सको न्यारोबडी जहाज ए ३२० ल्याण्ड हुने बताइएको छ ।

रधानमन्त्री ओली र पत्नी राधीका शाक्य सहितको टोली आज फर्कने खबरसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको त्यस समयमा ल्याण्ड हुने तथा टेक अफ हुने हवाइ जहाजहरुको तालिका प्रभावित हुने विमानस्थल कार्यालयले जनाएकोे छ । हाललाई ३० मिनेटको लागि उडान प्रभावित हुने बताइएपनि त्यो अवधि लम्बीन सक्ने बुझिएको छ ।

यसअघि उनी कम्बोडिया जाने क्रममा पनि विमानस्थलले उडान करिब १ घण्टा ठप्प भएको थियो ।

त्यस्तै उनी ल्याण्ड भइ बालुवाटार लाग्ने भएकाले एयरपोर्ट–गौशाला–रातोपुल–ज्ञानेश्वर–बालुवाटार रुटका सडक पनि ठप्प हुने बताइन्छ । गत वैशाख २६ गते उनी भियतनाम जाने क्रममा पनि यहि रुटको सडक १ घण्टा भन्दा बढि ठप्प पारिएको थियो ।

वैशाख २६ गते भियतनाम गएका प्रधानमन्त्री ओली वैशाख ३० गते मात्र कम्बोडिया पुगेका थिए । एक साताको बसाइको क्रममा प्रधानमन्त्री ति देशहरुका प्रमुख लगायतका अन्य व्यक्तित्वहरुसँग भेटघाट गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार