काठमाडौं(जस)–नेपाल उद्योग वाणिज्य महासंघद्धारा भारतीय राजदुतावास र फ्रेन्चाइज इण्डियाको सहकार्यमा बुधबारदेखि नेपाल–इन्डिया फ्रन्चाइज इन्भेष्टमेन्ट एक्पो शुरू हुने भएको छ । दुई दिनसम्म चल्ने सो कार्यक्रममा विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय ब्रान्डहरुले एक्पोमा आ–आफ्नो ब्रान्डहरुको प्रदर्शन गर्नेछन् । एक्पोमा विभिन्न ब्रान्डहरू जस्तै रिटेल, शिक्षा, फिटनेस, फेसन, फुड र बिभेरेज, रियल एस्टेट, टेक्नालोजी र अन्य व्यवसायहरू रहने छन् । उक्त सम्मेलनमा अन्तराष्ट्रिय मार्केटमा आफ्नो बिशिष्ट पहिचान बनाएका ब्राण्डहरूमा लगानी थर्ने रूची रहेका लगानीकर्ताहरूको सहभागिता रहने जनाएको छ ।
एक्स्पोमा नेपालबाट अग्नि ग्रुप, टिब्रेवाला ग्रुप, मेरो घर, सिटी ड्रीम्स सांग्रिला, हिमालयन जाभा, गोल्डेस्टार, अल्पाइन पश्मिना हाउस, शभा नेपाल र श्रीजयकाली जडिबुटी लगायतका कम्पनिहरूको सहभागिता रहने छन् । भने भारतीय ब्रान्डमा नाइन कीड्स, अमेरिकन स्कुल, वेस्ट सेलर, वाइक स्टुडियो, बम्बे डाइङ, क्याप चाए गरम, कपर चिम्नी, यूक्लिन लगायतकका ब्रान्डहरू रहने छन् । कार्यक्रममा दुबै देशको गरि करिब ६० वटा ब्रान्डहरूले भाग लिने छन् । सम्मेलनमा विशेषगरि एक्स्पो र कन्क्लेभ गरि दुई भागमा व्यवस्थापन गरिएको छ । २ सय पचास इच्छुक व्यवसायी र लगानिकर्ता कन्क्लेभमा र करिब एक हजार एक्सपोमा सहभागी हुने लक्ष्य आयोजकले राखेको छ ।
एफएनसीसीआईका अध्यक्ष भवानी राणाले उद्यमशीलतामा ईच्छुक र व्यवसायीक अवसरमा लगानी गर्न रूची भएका अन्तराष्ट्रिय ब्राण्डहरूसँग सहकार्यको अबसर खोजीरहेकाहरुको लागि ध्यानमा राखि महासंघले यो सम्मेलन आयोजना गर्ने जमर्को गरेको बताइन् । उनले भनिन् ‘नेपालमा रहेका व्यवसायीहरूलाई अन्तराष्ट्रिय नेटवर्क बढाउनका लागि सहायताल र सजिलो गेटवेको प्रारम्भ गर्न महासंघले सदैव सहयोग रहन्छ ।’
नेपालका लागि भारतीय राजदुत मंजीव सिंह पुरीले भारतको जस्तै नेपालमा विश्वकै सर्वोत्कृष्ठ ब्राण्डको प्रयोग गर्ने अत्याधिक इच्छा नेपाली ग्राहकहरूमा रहेको र नेपालमा अर्थव्यवस्था समेत बढ्दै गएकाले नेपालमा रहेका व्यवसायहरूको मार्केटमा यस्तै ब्राण्डहरू उपलब्ध गराउन आवश्यक रहेको बताए । दुई दिनसम्म चल्ने यस कार्यक्रमबाट नेपालमा अन्तराष्ट्रिय ब्राण्डहरूको आकर्षण व्यवसायिक सम्बन्ध विस्तार, अन्तराष्ट्रिय ब्राण्डसँगको नेपाली ब्राण्डहरुको सहकार्यको सम्भाव्यता, नेपाली ब्राण्डहरूलाई स्तरोन्त्ती गर्न सहयोग पुग्ने प्रविधि, शिप तथा विकासको मोडल भित्रन सक्ने र लगानिको वातावरण बन्ने विश्वास आयोजकले गरेको छ ।