मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

सेञ्चुरी कमर्सियल बैंकले नाफा ९ प्रतिशतले घटायो

सोमबार, बैशाख ३० २०७६

काठमाडौं(जस)–सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा ६१ करोड ६ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहिअवधिको तुलनामा ९ दशमलव ०६ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ६७ करोड १५ लाख रुपैयाँ कमाएको थियो । ८ अर्ब २५ करोड ४ लाख चुक्ता पुँजी रहेको बैंकले प्रिमियममा ४ करोड १८ लाख रुपैयाँ, रिटन अनिङ्ग ८२ करोड ६७ लाख रुपैयाँ र जगेडोमा १ अर्ब १८ करोड २८ लाख रुपैयाँ छुटाएको छ ।
बैंकले निक्षेपमा ५७ अर्ब ८२ करोड ३३ लाख रुपैयाँ संकलन गरि कर्जामा ५७ अर्ब ३९ करोड ९३ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ४५ दशमलव २४ प्रतिशतले वृद्धि गरी १ अर्ब ९७ करोड १७ लाख रुपैयाँ आर्जन गरेको छ भने संचालन मुनाफा ६ दशमलव ७३ प्रतिशतले घटेर ८७ करोड ३३ लाख रुपैयाँ पुगेको छ । खुद व्याज आम्दानी बढेपनि संचालन मुनाफा घटेको हँुदा नाफा पनि घटेको हो । बैंकको जोखिम युक्त सम्पत्ति १४ दशमलव ३२ प्रतिशत, निष्कृय कर्जा १ दशमलव ५३ प्रतिशत, प्रतिशेयर आम्दानी ९ दशमलव ८७ रुपैयाँ, मुल्य आम्दानी अनुपात १७ दशमलव २३ गुणा, प्रतिशेयर नेटवर्थ १२४ दशमलव ८६ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार