काठमाडौं(जस)–रमादानको पवित्र महिनाको अवसरमा कतार एयरवेजले कतार च्यारिटीसँगको सहकार्यमा एक कार्यक्रम आयोजना गरी काठमाडौंमा अभावमा रहेका परिवारहरुलाई अत्यावश्यक खाद्य सामाग्री प्रदान गरेको छ । उक्त कार्यक्रम ११ मेको दिन काठमाडौंको कमलादीस्थित सीडब्लु पार्टी प्यालेसमा आयोजना गरिएको थियो । सो कार्यक्रम मार्फत प्रत्येक परिवारले २५ किलो चामल, ३ किलो चिनी, ५ किलो पिठो, ३ किलो चना, १ किलो नुन, १ किलो सनफ्लावर सिड्स र ५ लिटर सनफ्लावर तेल प्राप्त गरेको छ ।
नेपालका लागि कतार एयरवेजका स्थानीय प्रमुख मोहम्मद एल ईमामले भने, ‘काठमाडौंमा यी परिवारहरुलाई अत्यावश्यक सामाग्री उपलब्ध गराई सहयोग गर्ने अवसर पाउँदा हामी अत्यन्तै खुसी छौं । कतार च्यारिटीसँगको सहकार्यमा आयोजित यस अभियान नेपालका जनताहरुप्रतिको हाम्रो प्रतिबद्धता प्रदर्शन गर्ने एक माध्यम पनि हो । रमादानको पवित्र उत्सवले अरुलाई दिनुको महत्वको बारेमा हामीलाई स्मरण गराउँछ र हामी काठमाडौँको स्थानीय समुदायलाई सहयोग पुर्याउने मौका प्राप्त गर्दा निकै हर्षित छौं ।’