मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

एनआईसी एशिया बैंक लिमिटेडको मुनाफामा १४८ प्रतिशतले वृद्धि

सोमबार, बैशाख ३० २०७६

काठमाडौं(जस)–एन आई सी एशिया बैंक लिमिटेडले चालु आ.व. २०७५र७६ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणका परिसूचकहरु अत्यन्त उत्साहजनक रहेका छन् । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा १४८ प्रतिशत (१ अर्ब ९२ करोड) ले वृद्धि गरी ३ अर्ब २२ करोड सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । यसैगरी खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा १४५ प्रतिशत (१ अर्ब ३५ करोड) को वृद्धि सहित २ अर्ब २७ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिको खुद मुनाफा ९३ करोड रहेको थियो । बैंकले यस आर्थिक वर्षमा ३३.५ प्रतिशत (५७ अर्ब २४ करोड) को वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ५० प्रतिशत (७५ अर्ब ८१ करोड) को वृद्धि गरी वासलातको आकार २२८ अर्ब १९ करोड पुर्याउन सफल भएको छ ।
जस अन्तर्गत कर्जातर्फ यस आर्थिक वर्षमा २४ प्रतिशत (२९ अर्ब) को वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ३७ प्रतिशत (४० अर्ब ५३ करोड) को वृद्धि गरी १४९ अर्ब ५० करोड र निक्षेप संकलनतर्फ यस आर्थिक वर्षमा १८ प्रतिशत (२६ अर्ब ८७ करोड) को वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ३३ प्रतिशत (४४ अर्ब ३७ करोड) को वृद्धि गरी १७८ अर्ब ९ करोड पुर्याउन सफल भएको छ । यसरी निक्षेप तथा कर्जामा यस बैंक अन्य सम्पूर्ण वाणिज्य बैंकहरु भन्दा शिर्ष स्थानमा रहेको छ । बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आय १२४ प्रतिशतले वृद्धि गरी ३४.७१ तथा स्वपूँजीमा प्रतिफल ९० प्रतिशतले वृद्धि गरी २१.४६ प्रतिशत पुर्याउन सफल भएको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखारहित बैंकिङ ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १६ लाख रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले परिपालना गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार