मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

इङलिश प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जित्यो

सोमबार, बैशाख ३० २०७६

काठमाडौं(एजेन्सी)–इङलिश प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । लिगको अन्तिम खेलमा आइतबार ब्रिङघटनलाई ४–१ गोल अन्तरले पराजित गर्दै सिटीले लगातार प्रिमियर लिगको उपाधि जितेको हो । सिटीको जितमा सर्जियो अग्युरो, आमेरिक लोपार्टे, रियाद महरेज र इल्के गन्डोगनले एक एक गोल गरेका थिए । त्यस्तै ब्रिङघटनका लागि एक गोल ग्लेन मुरेले गरेका थिए । जितपछि सिटीको ३८ खेलमा ९८ अंक भएको छ भने लिभरपुलभन्दा एक अंक बढी ल्याएर यस सिजनको लिग जितेको छ । सिटीले यसअघि यो सहित ६ पटक लिगको उपाधि जितेको छ । ९० को दशकपछि सिटीले चार पटक लिगको उपाधि जितेको छ । सन् २०११–१२, २०१३–१४, २०१७–१८ र २०१८(१९ सिजनमा लिग जितेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार