मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

म्यानचेस्टर सिटी बन्यो लगातार दोस्रो सिजन प्रिमियर लिग च्याम्पियन

सोमबार, बैशाख ३० २०७६

काठमाडौं, ३० वैशाख । म्यानचेस्टर सिटीले लगातार दोस्रो पटक इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि उचालेको छ । यो सिजनको अन्तिम तथा जित्नै पर्ने खेलमा ब्राइटनमाथि प्रभावशाली जित दर्ता गर्दै सिटीले दोस्रो पटक उपाधि आफ्नो पोल्टामा पारेको हो । एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै सिटीले उपाधि जित्न सफल भएको हो ।

खेलको २७ औँ मिनेटमा एलेन मुर्रेले गोल गरेपछि सिटी स्तब्ध भएको थियो । तर गोल खाएको एक मिनेट नबित्दै डेभिड सिल्भाको पासमा सर्जियो अग्वेरोले गोल गरे। त्यसपछि खेलको ३८ औँ मिनेटमा एयोमेरिक लापोर्टेले रियाद महारेजको पासमा हेड गोल गर्दै अग्रता २–१ बनाए ।

पहिलो हाफमा अग्रता बनाएको सिटीले दोस्रो हाफमा अझ आक्रमक खेल्यो । उसका लागि खेलको ६३ औँ मिनेटमा डेभिड सिल्भाको पासमा गोल गर्दै अग्रता ३–१ मा पुर्याए ।
सिटी यतिमै रोकिएन, उसका लागि खेलको ७२ औँ मिनेटमा इल्के गुन्दोगानले गोल गरेपछि सिटीले ४–१ को अग्रता बनायो। लिगको अन्तिम तथा ३८ औँ चरणको खेलमा प्रभावशाली जितपछि सिटीले ९८ अंक जोड्दै उपाधि रक्षा गरेको हो ।

उसलाई दबाब दिइरहेको लिभरपुलले अन्तिम खेलमा उल्भसमाथि २–० को जित दर्ता गराए पनि सिटीलाई भेट्टाउन सकेन। उसले ३८ खेललबाट ९७ अंक बटुल्यो।

प्रतिक्रिया
सम्बन्धित समाचार