मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

स्प्राईटको डबल डोज अफर सम्पन्न

आइतबार, बैशाख २९ २०७६

काठमाडौं(जस)–स्प्राईटको डबल डोज रिफ्रेस पनि रिचार्ज पनि क्याम्पेन सम्पन्न भएको छ । फेब्रुअरी १ गतेबाट शुरु भएको उक्त क्याम्पेनले उपभोक्तामाझ रौनक बढाउनुका साथै उत्साहजनक सहभागिता र प्रतिक्रिया पाएको थियो । यस अफरमार्फत देशभरका ९.१४ भन्दा बढि भाग्यशाली विजेताहरुले १० देखि १० हजारसम्मको टक टाइम रिचार्ज जित्न सफल भएका छन् । त्यस्तै स्प्राईट डबल डोज रिफ्रेस पनि रिचार्ज पनि अफर अन्तर्गत ६२ जना भाग्यशाली विजेताहरुले सामसुङ ग्यालेक्सी नोट ९ जित्न सफल भएका छन् । यो अफर कोका–कोला ब्राण्डका कोका–कोला, स्प्राईट, फान्टा ओरेन्ज, फान्टा लेमन र किन्ले सोडाको २५० एमएलको आरजीबी अर्थात शिशाको बोतलमा उपलब्ध रहेको थियो जसमार्फत उपभोक्ताहरुले दैनिक १० देखि १० हजारसम्मको टक टाइम रिचार्ज र सामसुङ ग्यालेक्सी नोट ९ सम्म जित्न सफल भएका छन् ।
अम्बुज सिंह, कोका–कोला नेपालका कन्ट्री डाइरेक्टरले भने, ‘हामी स्प्राईटको क्याम्पेनमा उपभोक्ताहरुको बढ्दो उत्साहपूर्ण सहभागीता देखेर निकै खुसी भएका छौं, जसमा उपभोक्ताहरुले रिफ्रेस हुनुका साथै रिचार्जहरु पनि प्राप्त गरेका छन् । यस अभियानले स्प्राईटलाई प्यास मेटाउने शक्तिशाली ब्राण्डका साथै अन्य पिय पदार्थभन्दा अझ बढि ग्राहकहरुलाई रिफ्रेस बनाउने ब्राण्डको रुपमा प्रस्तुत गरेको छ । यस क्याम्पेनको सफलताको श्रेय हामी हाम्रा सम्पूर्ण क्याम्पेन संचालन पार्टनर र रिटेल पार्टनरहरुलाई दिन चाहान्छौ जसले संयूक्त प्रयासमा हामीहरुलाई ग्राहकहरुसँग जोडिन मद्दत गर्नुभएको छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार