मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

सुनसरीको देवानगंजमा नेपाल इन्भेष्टमेण्ट बैंकको शाखा

आइतबार, बैशाख २९ २०७६

काठमाडौं(जस)–नेपाल इन्भेष्टमेण्ट बैंकले सुनसरीको देवानगंज गाँउपालिकामा आफनो ८०औं शाखा विस्तार गरेको छ । देवानगंज गाँउपालिका वडा नं. २ स्थित देवानगंज बजारमा खोलिएको यो शाखाले स्थानीय ५० हजार जनतालाई वित्तिय सुविधा प्रदान गर्नेछ । बैंक परिसरभित्रै केही समयमा नै एटिएम सेवा पनि संचालनमा ल्याइँदैछ । शाखाको देवानगंज गाँउपालिकाकी उपाध्यक्ष पुनिता देवी यादवले उद्घाटन गरे । उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे लगायत बैंकका कर्मचारी तथा स्थानीय महानुभावहरुको सहभागिता रहेको थियो । बैंकले वित्तिय साक्षरता अभिबृद्धिका लागि ग्रामिण क्षेत्रमा शाखा विस्तार अभियानलाई निरन्तरता दिने क्रममा प्रदेश नं. १ मा शाखा थप गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार