शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

२४ साउनमा पुग्यो भुवनको ‘साइनो’

आइतबार, बैशाख २९ २०७६

काठमाडौं(जस)–नेपाली फिल्म क्षेत्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको फिल्म ‘साइनो’को प्रदर्शन मिति परेको छ । आगामी १० जेठबाट प्रदर्शनमा आउने भनिएको यो फिल्म सरेर २४ साउनमा पुगेको छ । डबिङ, कलरिङ, मिक्सिङ लगायतका प्राविधिक काम नसकिएकाले फिल्म सारिएको निर्देशक रमेश थापाले जानकारी दिए ।
चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘साइनो’मा नीता ढुंगाना, मिरुना मगर, राज कुमार, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई लगायतका अन्य कलाकारहरुको अभिनय रहेको छ । शरण थापा कार्यकारी निर्माता रहेको फिल्म रामेश्वर कार्कीको छाँयांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार